| ६ चैत्र २०७४, मंगलवार १२:०८
चामुण्डा (दैलेख) । बौलाह कुकुरको टोकाईबाट एकै घरका आमा छोरा घाईत भएका छन । कुकुरको टोकाईबाट अाज चामुण्डाविन्द्रासैनी नगरपालिका–१ आख्रेनीका ४९ वर्षिया दुर्गा पौडेल र उनका १३ वर्षिय छोरा शिवप्रसाद पौडेल गम्भिर घाईतेका भएका हुन ।
उनीहरुलाई हाल उपचारलाई भैरवी गाउँपालिकाको डाँडामाडी पठाईएको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङले जानकारी दिए । अहिलेसम्म ७ भैसी, ३ गाई, एउटा बाख्रा र एउटा कुकुरलाई समेत टोकिसकेको बताईएको छ ।
बौलाह कुकुरबाट घाईते भएका चौपाएहरुलाई रेभिज लगाउनका लागि जिल्ला पशु सेवा कार्यालयलाई नगरपालिकाले अनुरोध गर्ने अध्यक्ष तामाङ्गले बताए ।