☰ open Loading... 19 November 2024|  

सरकारी सुविधा खाएर एनजिओको कार्यक्रममा भाषण ठोक्न पुग्छन इन्जिनियर थापा
  | ६ चैत्र २०७४, मंगलवार १६:२०

मदन विक, सुर्खेत ।

सरकारी सेवा सुविधा खाएर जिल्ला प्राविधिक कार्यालयका एक इन्जिनियर एनजिओको कार्यक्रममा भाषण गर्दै हिड्ने गरेको पाईएको छ । जिल्ला प्राविधिक कार्यालय दैलेखका इन्जिनियर हिरासिंह थापा दैनिक हाजिरि गरी कार्यालयले तोकेको फिल्ड भन्दापनि एनजिओको कार्यक्रममा हिड्ने गरेको पाईएको हो । थापा सरकारी निकायका योजना हेर्नुभन्दा दैनिक एनजिओकर्मी बनेर गाउँ–गाउँमा पुग्ने गरेको स्रोतले बतायो । केही हप्ताअघि उनी सहभोज कार्यक्रममा चामुण्डा नगरपालिका पुगेका थिए । उनी अहिले चितवन छन् ।

फायल तस्वीर

स्रोतका अनुसार कार्यालयले सिफारिस गरेको खण्डमा मात्र कर्मचारीहरु औपचारिक तथा अनौपचारिक कार्यक्रम जान पाउँछन । कार्यलयले सिफासिर नगरेको खण्डमा कर्मचारीहरुले नपाउने कानूनी प्रावधानमा उल्लेख छ । स्रोतका अनुसार जिल्ला समन्वय समिति दैलेखका अध्यक्ष र प्रमुख अतिथि बनेको कार्यक्रममा इन्जिनियर थापा एनजिओकर्मी बनेर भाषण गर्छन्, यो गलत हो । आज भोलीपनि इन्जिनियर थापा जिल्ला प्राविधिक कार्यालयमा छैनन् ।

उनी एउटा एनजिओको काम लिएर भ्रमणमा निस्कीएको स्रोतले बतायो । प्राविधिक कार्यालयका प्रमुखकै मिलामतोमा हाजिरी गरेर एनजओका कार्यक्रममा जाने गरेको स्रोतको दावी छ । जिल्ला समन्वय समितिकै एक कर्मचारीले भने, ‘राज्यको सेवा सुविधा खाएर पहुँच र पावरको आधारमा एनजिओको कर्मचारी भएर हिड्नु हुँदैनन्, उहाँले जे गर्नुभएको छ यो गलत हो ।’

जिल्ला समन्वय समिति दैलेखका संयोजक प्रेमबहादुर थापाले जिल्ला प्राविधिक कार्यालयका कर्मचारीहरुले आफुले भनेको नमान्ने गरेको बताए । ‘विहान प्राविधिक कार्यालयमा पुगेर हाजिरि हेर्दा हाजिर लगाईएको पाउँछु उनले भने,–‘इन्जिनियर थापा कार्यक्रममा भेटिनु हुन्छ ।’ म स्वयम र प्रमुख जिल्ला अधिकारी अतिथि बनेको कार्यक्रममा पुगेर इन्जिनियर थापा एनजिओकोतर्फबाट भाषण गर्दै आउनु भएको उनले बताए ।

‘हिराजीले प्राविधिक कार्यालय अन्र्तगतका योजनाहरु रेखदेख गर्नुपर्ने हो’ संयोजक थापाले भन्छन्, ‘हिरा जी अहिले आफ्नो सोसेकलाई चलाएर हिड्नु भा’छ ।’ सिडिओसंगपनि यो विषय उठाए तर सिडिओ साबले पनि कुनैपनि चासो नदेखाएको उनको भनाई छ । अब मन्त्रालयमै गएर यो विषय उठानन् गर्ने उनले बताए ।

जिल्ला समन्वयबाट गत वर्ष संचालित योजनाहरु अनुगमन नगरेरै आफ्नै भवनपनि प्राविधिकले नहेर्ने गरेको गुनासो जिल्ला समन्वय समितिको छ । ठेकेदारकै जिम्मा लगाएर प्राविधिकहरु घुम्न जाँदा कार्यालयले ¥यापको प्राविधिकलाई निर्माण स्थलमा पठाउने गरेको छ ।

योजनाहरु पनि अनुगमन नहुँदा उपभोक्ता समितिहरु भुक्तानी पाउन सकेका छैनन् । ‘प्राविधिकहरुले योजनाहरुको मुल्यांकन नगरी एनजिओको कार्यक्रममा जाँदा उपभोक्ताहरु काम सकेको वर्षदिन वित्दापनि भुक्तानी पाउन नसककेको कार्यालयले स्वीकार गरेका छ ।
कार्यलयको सिफारिसविना आफुखुसी कार्यक्रममा हिड्न कर्मचारीलाई कारवाहीको दायरमा ल्याउने आश्वासन दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने बताउँछन् ।

‘कार्यालयको सिफारिस विना कुनैपनि कर्मचारले कार्यालय समय भित्र आफुखुसी एनजिओको कार्यक्रममा जान मिल्दैनन्’ उनले भने । जिल्ला प्राविधिक कार्यालयका हकमा जिल्ला समन्वय समिति र प्राविधिक कार्यालयले सिफारिस गरेको खण्डामा मात्र कर्मचारीहरुले बाहिरी कार्यक्रममा जान पाउने प्रावधान छ ।

काम छ भन्दै निस्कीनु हुन्छ ः जोशी 

जिल्ला प्राविधिक कार्यालय प्रमुख (डिई) आयुस जोशीले आफ्नो मिलोमतो कुनैपनि यस्ता गलत क्रियाकलाप नभएको दावी गरे । ‘हिराजी विहान आएर हाजिर गर्नुहुन्छ’ केही समय मेरो काम छ भनि बाहिर निस्कीनु हुन्छ, एनजिओको कार्यक्रममा जान्छु भनि जानु हुदैन’ उनले भने ।

यता इन्जिनियर थापा भन्छन्, ‘एक वर्षअघि सोसेकको कर्मचारी बनेर गएपनि अहिले इन्जिनियर भएर कार्यक्रममा जाने गरेको बताए । पश्चिमले तपाई चितवन कार्यालयको कामले जानु भएको हो कि एनजिओको कामले जानु भएको भनि प्रश्न सोध्दा थापाको जवाफ थियो, ‘व्यक्तिगत कामका लागि आएको होइन, ‘कार्यालयको काम ल्याएर चितवन आएको हुँ ।

‘म एक वर्ष अघि सोसेक तर्फबाट कार्यक्रमहरुमा जान्थे । म त्यतिबेला जिल्ला समन्वयको सव–इन्जिनियर थिए ।’ उनले भने, ‘इन्जिनियर भईसकेपछि कार्यक्रममा गएपनि जिल्ला समन्वय समितिको इन्जिनियर भन्न रुचाउछु ।’ कार्यक्रमको उद्घोषकले आफुलाई सामाजिक सेवा केन्द्रको संस्थापक अध्यक्ष भनेर नाम बोलाउने गरेको उनले बताए ।

जिल्ला प्राविधिक कार्यालयले इन्जिनियर थापालाई के कामका लागि चितवन पठाउनु भएको हो भनि बुझ्दा कार्यालयका प्रमुख जोशीको जवाफ थियो–‘उहाँ कार्यालयको कामले जानु भएको होइन, ‘व्यक्तिगत कामले जानु भएको हो । कार्यालयले कुनैपनि काम विशेष उहाँलाई चितवन पठाएको होईन ।