☰ open Loading... 19 November 2024|  

न्यू रारा इन्जिनियरिङ्गको उद्घाटन
  | ७ चैत्र २०७४, बुधबार १८:४३

सुर्खेत । सुर्खेतमा न्यु रारा इन्जिनियरिङ्ग कन्सलटेन्सी एण्ड रिसर्च सेन्टर प्रालिको उद्घाटन भएको छ । बुधबार वीरेन्द्रनगर–८ रंगशाला मार्गमा एक समारोहका बीच उद्घाटन भएको हो ।

भौतिक संरचनालाई बलियो बनाउन सहयोग पु¥याउन र कर्णाली प्रदेशका रहेका सम्भावनाहरलाई अध्ययन गर्नका लागि कन्सलटेन्सी र रिसर्च सेन्टर संचालन गरिएको न्यु रारा इन्जिनियरिङ्ग कन्सलसेन्टीका संचालक सागर लम्सालले जानकारी दिए ।

घरको नक्शा डिजाईन, नक्शा पास गर्नका लागि आवश्यक पर्ने परामर्श सेवा, सम्पती मुल्यांकन, इष्टमेट, सर्भेका साथै घर धनी र निर्माणकर्मी पक्षले भवन मापदण्ड सम्बन्धी सल्लाह दिईन लगायतका काम कन्सलटेन्सीले गर्ने उनले बताए ।

साथै कन्सलटेन्सीले माइक्रा हाईडो निर्माण लागि रिसर्च देखि हाईडो पावर उत्पादनको गरिने उनले बताए । ‘अब माईक्रो हाईडोको रिसर्चका लागि कसैले काठमाण्डौ नै जानु पर्दैन । न्यु रारा इन्जिनियरिङ्ग कन्सलटेन्सी एण्ड रिसर्च सेन्टरलै माइक्रो हाइडोको काम गर्ने उनको भनाई छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका डीन गोविन्द्रप्रसाद लामिछाने, साझा विवेकसिल पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहाल र नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहनसिंह बडुवाल लगायतले आगामी दिनमा कर्णाली प्रदेशकै नमुना कन्सलटेन्सी बनाउन सुझाव दिए ।