☰ open Loading... 25 February 2025|  

कर्णाली प्रदेश सभाको बैठक १६ गते बस्ने
  | १० चैत्र २०७४, शनिबार १७:०१

सुर्खेत । कर्णाली प्रदेशको प्रदेश सभाको बैठक आह्वान गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार आर्थिक कार्यविधि विधेयक दर्ता गरेसंगै संसद सचिवालयले बैठक आह्वान गरेको हो ।

गत फागुन १५ गतेदेखी स्थगन भएको बैठक चैत्र १६ गते शुक्रबार दिउसो १ बजे बैठक आह्वान गरेको कर्णाली प्रदेश सभा सचिवालयका सचिव राकेश पौडेलले पश्चिमनेपाललाई जानकारी दिए । उनले झण्डै एक साताको समय रहेकाले सुर्खेतबाहिर रहेका सबै सांसदहरुलाई बैठकमा सहभागी हुन जानकारी गराई सकेको बताए ।

संसदले विजनेस नपाएको भन्ने गुनासो आएपछि प्रदेश सरकारले आर्थिक कार्यविधि विधेयकसंगै अन्य विधेयकहरु संसद सचिवालयमा दर्ता गर्न लागेको छ । ‘एक विधेयक दर्ता भइसकेको छ’ संसद सचिवायल स्रोतले भन्यो,–‘सम्भवत प्रदेश सरकारले अन्य विधेयकहरु पनि तयार गरेर संसदमा दर्ता गर्दैछ ।’

अव बस्ने बैठकमा गत फागुन २३ गते बुझाएको कर्णाली प्रदेश सभा नियमावली २०७४ समेत संसदमा पेश हुनेछ । सांसद सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार गरेको थियो । .

मस्यौदाले प्रदेश सभालाई सूचारु गर्न, प्रभावकारी बनाउन र चुस्त दुरुस्त राख्न नियमावली तयार गरेको थियो । १६ गतेको बैठकमा आर्थिक कार्यविधि र कर्णाली प्रदेश सभा नियमावली २०७४ संसदमा पेश हुनेछन् । १५ गते बस्ने संसद सचिवायलकाे बैठकले १६ गतेकाे बैठकमा पेश हुने कार्यसू्ची तयार गर्ने संसद सचिवालयले जानकारी दिएकाे छ  ।