| ११ चैत्र २०७४, आईतवार ०९:४५
सुर्खेत । छिन्चु खानेपानी सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएको छ । लोकतान्त्रिक प्यानलका कृष्णबहादुर ओलीको टिम निर्वाचनबाट विजयी भएको हो ।
ओलीले ४५७ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका भरत ढकालले ३५३ मत ल्याएर पराजित भए । उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका भूमीसरा आले (४३३), सचिवमा डिलमाया थापा (४४६) र कोषाध्यक्षमा इन्द्रलाल गिरी (४५९) मत ल्याएर विजयी भए ।
सदस्यहरुमा लोकतान्त्रिक प्यानलका रगविर सुनार (३९८), बखतबहादुर खरेल (४३१), देवबहादुर ओली (४२१), टेकबहादुर राना (४२४) र गीता राका मगर (४२२) मत ल्याएर विजयी भएका छन् । नयाँ नेतृत्वमा लागि शनिवार निर्वाचन भएको थियो । ९७२ मतदाता रहेकाे समितिमा ८२१ मत खसेकाे थियाे ।