दैलेख । दैलेखकै विकट ठाँटीकाँध गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टरी सेवासंगै सदरमुकामभन्दा सस्तोमा स्वास्थ्य सेवा दिईएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकाश साह आएपछि गुणस्तर र सुलभ सेवा गाउँबाटै दिईएको हो ।
यसअघि सिअहेव र एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चल्दै आएको थियो । उपकरण र सेवा नहुँदा विरामीहरु सदरमुका तथा सुर्खेत नेपालगंजमा चर्को शुल्क तिर्नुपर्ने बाध्यता थियो ।
अहिले गाउँपालिकाको मुकाम टाँठीकाँधमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट ओपिडी सेवा, २४ सै घण्टा ईमरजन्सी सेवा, विरामी भर्ना गरि उपचार सेवा, निशुल्क प्रसुती सेवा, निशुल्क गर्भपतन सेवा गरिनुका साथै ल्याव सेवा, भिडियो एक्सरे, एक्सरे, एम्वुलेन्स, अक्सीजन उपलब्ध छ ।
उपकरण धेरै भएकाले नयाँ भवन बनाउन गाउँपालिकाले रकम विनियोजन समेत गरिसकेको प्रमुख डा. साहले बताए । ‘विरामी ल्याउनका लागि तेल खर्चमै एम्वुलेन्स सेवा गरिएको छ ।’ प्रमुख डा. साहले भने, ‘धेरै उपकरणहरु र सुलभमै स्वास्थ्य सेवा दिईएकोले विरामीहरुको चाप पनि बढेको छ ।’
एम्वुलेन्स प्रसुतीका लागि आउने महिलाहरुलाई निल्शुक सेवा रहेको छ । अक्सीजन स्वास्थ्य केन्द्रमै विरामी आए विद्युतबाट निःशुल्क र एम्वुलेन्स तथा घरमा लगे प्रयोग गरेपावतको लाग्ने खर्च मात्रै दिनुपर्ने नियम बनाईएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । एक पटक नाम दर्ता गरेर शुल्क रु १० बुझाएपछि अर्को पटक आउदा त्यही नाम दर्ता भए शुल्क बुझाउनुनपर्ने नियम बनाईएको जनाईएको छ ।
जिल्ला अस्पतालमै लाग्ने शुल्क भिडियो एक्सरेको ४ सय र एक्सरेको जिल्लाभन्दा कम २ सय रहेको छ । एक्सरेको जिल्लामा २ सय ५० रुपैँया छ । त्यहाँबाट विरामीहरुको नियमित मुटुको जाँच गर्ने उपकरण र सेवा पनि रहेको छ ।
डा. साहका अनुसार ल्याव सेवा विरामीबाट केमिकलको शुल्क मात्रै लिने गरिएको छ । यी सेवाहरु अहिले विकट गाउँबाट डाक्टरले दिन थालेपछि विरामीको चाप बढेको छ । सामान्य विरामी हुँदा समेत जिल्ला बाहिर गएर मंहगो शुल्क तिर्ने यहाँका सेवाग्राहीहरु अहिले गाउँमै उपचार पाएपछि खुसी छन् ।
डाक्टरसहित विभिन्न रोगको उपचार यहा हुनथालेपछि विरामीलाई सहज भएको स्थानीय अगुवा रक्षाबहादुर शाहीले बताए । भवन पुरानो भएकाले र अपुर्ण निर्माण भएकाले अख्तियारमा मुद्धा परेको छ । भवन हस्तान्तरण पनि भएको छैन् ।
पुरानो झालढोका नभएको घास उम्रेको भवनलाई डा. साह गएर ब्यत्तिगत ६० हजार खर्चेर विरामीहरुको उपचारका लागि प्रयोगमा ल्याएका छन् । उनीसंगै गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले पनि ब्यक्तिगत रुपमा पैसा खर्च गरेका छन् । अहिले उहाँहरुले ब्यक्तिगत खर्च गरेर ८ वटा कोठा मर्मत गरेका छन् । प्लास्टर गर्नुका साथै झाल ढोका बनाईएको थियो ।
‘सेवा विस्तारसंगै विरामीहरुको चाप पनि बढेको छ ।’ डा. साहले भने, ‘स्वास्थ्य सेवामा गाउँपालिकाले ठुलो सहयोगी बनेर काम गरिरहेको छ ।’ अहिले चामुण्डाविन्द्रासैनी नगरपालिकादेखी आठविस नगरपालिकासम्मका विरामीहरु उपचारका लागि आउने गरेको डा. साहले बताए । प्राथमिक स्वास्थ्य केन्द्र रहेकोमा आगामी वर्षदेखी थप सेवासुविधाका साथ २५ सैयाको अस्पताल बनाउने गाउँपालिकाले नितिगत रुपमा निर्णय समेत गरेको छ ।