☰ open Loading... 19 April 2024|  

मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु ः प्रधानमन्त्री
  | २३ चैत्र २०७४, शुक्रबार १२:०१

सुर्खेत ।  कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५को उदघाटनका लागि रारामा आउन औपचारिक निम्तो दिएका छन । मुख्यमन्त्री शाहीले विहिवार वेलुका आन्तरीक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी संगै प्रधानमन्त्री निवास वालुवाटार पुगेर निम्तोपत्र दिएका हुन ।

निम्तोपत्र ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उदघाटनका लागि आफु रारामा आउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भेटघाटका क्रममा पर्यटन वर्षको उदघाटन संगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्वोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायानाथ, हिल्सा, पातालझरणाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पर्यटन वर्ष उदघाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुश्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिएको छ । मुख्यमन्त्री शाहीले शुक्रवार विहान नीजि निवास खुमलटार पुगेर पुर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिएका छन ।

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपुर्ण कर्णाली प्रदेश पर्यटनका हिसावले राम्रो सम्भावना वोकेको प्रदेश हो ।