Loading... 21 April 2018|   शनिबार, बैशाख ८, २०७५

दुई लाख घुस रकमसहित मालपोत सुर्खेतका दुर्इ खरिदार पक्राउ

  |

ads here

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । मंगलबार अख्तियारले गरेको ‘स्टिङ’ अप्रेशनका क्रममा मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो ।


सेवाग्राहीबाट घुस रकम मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार जग्गाको मोहानी हक छुट्याउने क्रममा सेवाग्राहीबाट उनीहरूले घुस रकम मागेका थिए । पक्राउ परेका दुवै जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २७, २०७४     5:06:51 PM
error: Content is protected !!