सुर्खेत । सुर्खेतमा एक युवकले भिरबाट धकेलेर युवतीको हत्या गरेका छन् । विवाह नभइकन यौन सम्पर्क भएपछि युवतीले विवाह गर्न दवाव दिएपछि युवकले भिरबाट धकलेर युवतीको हत्या गरेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपूरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेको प्रहरीले जनाएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अनुसन्धानले गिताको हत्या सुवास बोहोराले गरेको खुलासा भएको हो । शारिरीक सम्बन्धपछि गर्भ रहेकोले गिताले पटक–पटक विवाह गर्न भनेपछि सुवासले गिताको हत्या गरेका हुन् ।
गिताले पटक–पटक विवाह गर्न भनेपछि सुवासले गितालाइ हत्या गर्ने योजनासहित सालकोट वरीपरी भेट्न दवाव दिए । भेटमा उनीहरुबीच विवाहकै विषयमा झगडा पर्यो ।
पछि पञ्चपूरीको जामुने जंगलको भिरबाट धकलेर सुवासले गिताको हत्या गरे । बोहोरालाई प्रहरीले काभे्रपलाञ्चोकबाट पक्राउ गरेर शनिबार साँझ सुर्खेत ल्याएको हो । बोहोरा गिताको हत्या गरेर काभे्रपलाञ्चोक गएर मजदूरी गरेर बसेका थिए । गिताको परिवारले कर्तव्य ज्यान अन्तर्गत मुद्धामा दर्ता गरेकाले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।
गिता गएको पुस ४ गते घरबाट हराएकी थिइन् । उनलाई बोहोराले त्यसै दिन राति ११ बजेतिर जामुने जंगलमा हत्या गरी खोल्सामा फालेको बोहोराले बयान दिएको एसपी चतुवेदीले जानकारी दिए ।
गएको माघ ९ गते घटना भएकै ठाउँ पञ्चपूरी नगरपालिका–८, जामुने जंगलमा टाउकोको (कंमकाल) भटिएको थियो । प्रहरीले कंकाल गिताको हुन सक्ने आशंकामा डिएनए परीक्षणको गराएको थियो । घटना भएको ठाउँ जामुने जंगलमा प्रहरीले गिताले लगाएको कपडा, चप्पल, काँठा र कपाल पनि फेला पारेको थियो ।
यसरी गरेका थिए सुवासले गिताको हत्या
गिता र सुवासको २०७४ वैशाख २८ गते पहिलो पटक फोनमा कुराकानी भएको थियो । गिताको साथी मार्फत उनीहरु फोन सम्पर्क गर्न सफल भएका थिए । त्यस पछि गिता र सुवासको निरन्तर फोनमा कुरा भइरह्यो ।
उनीहरुबीच प्रत्यक्ष भेट भने गएको असार ६ गते भएको थियो । प्रहरीको अनुसन्धानमा घटना घट्नुअघि गिता र सुवासबीच पटक–पटक भेट भएको थियो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुबीच शारिरीक सम्बन्ध राख्ने कुराकानी भयो । उनीहरुबीच योन सम्पर्क पनि भयो ।
यौन सम्पर्क भएपछि गिताको गर्भ रह्यो । गिताले गर्भ रहेको कुरा सुवासलाई भनिन् । त्यसपछि उनले विवाह गर्न सुवासलाई दवाव दिन थालिन । गर्भ रहेको थाहा पाएपछि सुवासले विवाह नगरी हत्या गर्ने योजना बनाए । त्यही योजनाका अनुसार सुवासले पुस ४ गते साँझ सालकोट वरिपरी भेट्न दवाव दिए ।
अन्तत सुवासको योजना अनुसार नै गितासालकोट पुगिन । गएको पुस ४ गते उनीहरुको सालकोटमा भेट भयो र विवाहको विषयमा कुराकानी भयो । सुवासलाई गिताले विवाह गर्न दवाव दिइन् । सुवासले उनीलाई विवाह गर्ने आश्वासन दिए । त्यपछि उनीहरु जामुने जंगल हुँदै बावियाचौर गए ।
बाटामा पहिलेको योजना अनुसार सुवासले गितालाई जामुने जंगलकै भिरबाट धकेले र आफूले त्यहाँबाट हिँडे । प्रहरीका अनुसार सुवासले राति करिब ११ बजे भिरबाट गितालाई धकेलिदिएपछि गिता खोल्सामा रहेको ढुङ्गामा ठोक्किन पुगिन । उनको त्यही ज्यान गएको प्रहरीले बताएको छ । उनी त्यसै रात घर पुगे ।
भोलिपल्टै आफू सुरक्षित रहनका लागि उनी वीरेन्द्रनगर हान्नीए । वीरेन्द्रनगरबाट सुवास काठमाडौँ लागे । त्यस पछि उनी काभ्रेपलाञ्चोकमा मजदूरी गरेर बसेका थिए ।
प्रहरीले सुवासलाई यसरी पक्रियो
प्रहरीले गिता हराएको दिनको २४ घण्टा समयमा कुनकुन नम्बरमा कुरा भएको छ भनेर अनुसन्धान गर्यो । फोन डिटेलको आधारमा सुवासलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुवासले गिताको हत्या गरेपछि गिताको मोबाइलको सीम र आफ्नो मोबाइलको सीम त्यही फालेका थिए ।
तर, एउटा एनसेलको सीम भने उनले आफूसँगै राखेका थिए । सुवासले त्यही नम्बरबाट गितालाई फोन गर्थेन् । ‘तर घटना घटेको दिन अन्तिम कल एनसेलबाट गिताको मोबाइलमा फोन गएको पाइयो’ एसपी चर्तुवेदीले भने, ‘झुक्एिर एनसेलबाट गितालाई फोन गरेका रहेछन् । पछि हामीले त्यसै नम्बरमा फोन गर्दा फोन गयो । र, सुबास हुन भन्ने पत्ता लाग्यो ।’
प्रहरीको फोन व्यापारीको हातमा पर्यो । सुवासले पसलमा पैसा तिर्न नसक्दा मोबाइल पसलेलाई बुझाएका थिए । व्यापारी मार्फत त्यो नम्बर सुवासको भएको पत्ता लाग्यो र प्रहरीले उनलाई पक्राउ गर्यो ।