☰ open Loading... 20 November 2024|  

देउती बज्यैमा पूर्वाधार विकास समितिको काम तिब्र
  | ३ बैशाख २०७५, सोमबार ०९:५२

सुर्खेत । पश्चिम नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल सुर्खेतको वीरेन्द्रनगरमा रहेको देउती बज्यै मन्दिरमा पूर्वाधार विकास समितिले तिब्रताका साथ काम गरिरहेको छ । यही वैशाख ७ गतेदेखि देउती बज्यैमा धनधान्य महायज्ञ संचालन समेत हुँदैछ । मन्दिर परिसर स्थायी रुपमा निर्माण गर्न लागिएको यज्ञशालाको काम तिब्र रुपमा संचालन भइरहेको पूर्वाधार विकास समितिले जनाएको छ ।
यही ७ गतेदेखि संचालन हुने महायज्ञमा कलशको सट्टामा शुद्ध चाँदीबाट निर्मित श्रीयन्त्रको प्रयोग हुनेछ । यो श्रीयन्त्रको घर तथा पसलमा राख्नले धनसम्पत्ति प्राप्त हुने र श्रीबृद्धि हुने विश्वास गरिन्छ ।
सबैले आ–आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गर्नका लागि पूर्वाधार विकास समितिले आव्हान गरेसँगै सहयोगी दाताहरु बढ्दै गइरहेका छन् । देउती बज्यै मन्दिर वास्तुशास्त्र अनुसार नभएकोले यसलाई वास्तुशास्त्र अनुसार निर्माण गर्नका लागि पूर्वाधार विकास समिति निर्माण गरि काम शुरु गरिएको हो । अहिले पर्खाल निर्माण लगायतका कार्यहरु भइरहेका छन् ।