☰ open Loading... 19 April 2024|  

समृद्ध नेपालको मुलआधार शिक्षा : पुर्व गृहमन्त्री प्रभाकर
  | ३ बैशाख २०७५, सोमबार १७:३८

पश्चिम रूकुम । पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शिक्षा समृद्ध नेपालको मुलआधार भएको बताएका छन् । रुकुम पश्चिमको चौरजहारीमा विद्यार्थीहरुको पोशाक वितरण कार्यक्रमलाई संवोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

वामपन्थीको सरकारले शिक्षालाई पहिलो प्राथामितामा राखेको भन्दै विद्यार्थीहरुलाई शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्न निर्देशन दिए । उनले विद्यालय अध्यापनरत शिक्षकहरुको क्षमतालाई वृद्धि र विकास गर्नको लागी विभिन्न समयमा स्थानिय सरकारले तालिमको समेत व्यवस्था गर्ने बताए ।

माओवादीले चुनावी घोषणा पत्रमा भनेअनुसार जिल्लाका सवै आधारभुत तहमा पोशाक वितरण गरीने बताए । शिक्षा पछि स्वास्थ्य, भौतिक संरचना निर्माण सडक लगाएत जन्ताका आधारभुत आवाश्यकता परिपुर्ति गरीने कुरा दोहाेराए । ५ वर्षभित्र भेरीनदिलाई वाँध निर्माण गरी सल्यानको सल्लीवजार देखि जाजरकोटको पिपे सम्म जलासय वनाएर पर्यटक भित्राउने लक्ष्य रहेको समेत उनले जानकारी दिए ।

चौरजहारी नगर प्रमुख विशाल शर्माले शिक्षा क्षेत्रमा वजेटको अभाव नहुने बताए । नगरभित्र रहेका आधारभुत तह,निम्न माध्यामिक तह र माध्यामिक तहका विधालयको शैक्षिक सुधार तथा भौतिक संरचना निर्माणको लागी नगरले आवाश्यक पर्ने वजेट विनियोजन गरेको बताए ।

समृद्ध चौरजहारी नगरपालिका निर्माणको लागी शिक्षा नगरको मेरुदण्ड भएको भन्दै नगर प्रमुख शर्माले शिक्षा क्षेत्रमा २ करोड रकम विनियोजन गरेको बताए । आधारभुत तहमा अध्ययनरत ४ हजार वालवालिकाहरुको लागी ५० लाख रकम वाट पोशाक वितरणको कार्य सुरु गरीएको उनले जानकारी दिए ।

१ हप्ताभित्र नगरपालिमा रहेका आधारभुत विद्यालयमा पोशाक वितरण कार्य सम्पन्न गरीने प्रमुख शर्माले बताए । नगरले वडा नम्वर ३ मा रहेको जनज्योति आधारभुत विद्यालय वाट पोशाक वितरण कार्य सुरु गरेको छ ।

उक्त विदालयमा १ सय ६० जना विद्यार्थीहरु अध्ययनरत छन । सोही अवसरमा कोरियन नागरिक डाक्टर पार्क र योनले विदालयलाई ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका छन ।

विद्यालयको क्षैक्षिक व्यवस्थापनको लागी उनीहरुले उक्त रकम विद्यालयका प्रधानध्यापक कालि वहादुर नेपालीलाई हस्तान्तरण गरेका हुन । उनीहरुले आगामी दिनमा समेत विद्यालयमा शैक्षिक सुधारको लागी आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।