☰ open Loading... 20 November 2024|  

बदिया भाले पालनबाट मनग्य आम्दानी
  | ४ बैशाख २०७५, मंगलवार १७:०४

पार्वती बस्नेत
दाङ । दाङका थारु समुदायमा अत्यधिक प्रचलनमा रहेको स्थानीय जातको कुखुराको भाले चल्लाको अन्डकोष झीकेर वदिया वनाउने प्रविधीलाई दाङका केही कृषकले अगालेका छन् । बदिया भोले पालनबाट समेत कृषकहरुले मनग्य आम्दानी लिन सफल पनि भएका छन् ।


हर्कवहादुर चौधरीले विगत ६ वर्षदेखी दङगाली पोल्ट्री फम संचालन गरेर नै अहिले बदिया भालेको व्यवसाय संञ्चालन गर्दै आएका छन् । आफनै गाउँठाउँको स्थानीय सिपका बारेमा अनविज्ञ रहेका हर्कबहादुरले यसको महत्व वुझेपछि व्यवासयीक रुपमा वदिया व्यवसाय संचालन गरिरहेका छन् ।

‘गाउँ–घरमा पाईने लोकल कुखुराको भाले जस्तै देखिने यस प्रकारको कुखुराको मासुको विशेषता भने अरु जातको कुखुराभन्दा निकै भिन्न रहेको छ’ चौधरीले भने ।

लोकल कुखुराको चल्ला ३ महिना पुगेपछि बदिया बनाउनका लागि उपयुक्त हुन्छ । बदिया बनाएको कम्तीमा पनि ४ देखी ६ महिनामा बदिया भालेको मासु खान लायक हुने गर्छ ।

बोइलर कुखुराको तुलनामा स्थानीय स्तरमा पाइने लोकल कुखुराको मुल्य वढी पर्छ । स्थानीय जातको कुखुरालाइ यसरी वदिया वनाएर विक्री गर्दा अझ वढी मुल्य पर्ने व्यवसायी चौधरी वताउँछन । सामान्यतया एकवटा बदियालाई करिव तीन हजार पाँचसम्म बेच्ने गरेको उनको भनाई छ ।

देशभरका कतिपय ठूला शहरहरुमा दाङको कोशेलीका रुपमा वदिया भाले लैजाने प्रचलन रहेको बताएका चौधरीले माग अनुसार उत्पादन गर्न नसकेको जानकारी दिए । ‘बिक्री गर्न अन्यत्र धाउनु नै पर्दैन्’ चौधरीले भने,–‘ग्राहकहरु घरमै आएर बदिया कुखुरा किनेर लैजान्छन तर माग अनुसारको उत्पादन गर्न सकेको छैन् ।’

सानो संख्याबाट सुरु गरेको व्यवसायबाट आफु सन्तुष्ट रहेका चौधरी बताउँछनु । उनले आगामी १० वर्षभित्रमा यो व्यवसायलाई ठुलो र व्यवस्थित बनाउदै लैजाने योजनामा छन् ।

व्यवसाय शुरु गर्दा चौधरीलाई समस्या नपरेको पनि होईन् ब्यवसाय शुरु गरेको ६ महिनामै रोग लागेर ४ लाख मुल्य बराबरको चल्लाहरु मरेका थिए । तर उनले हरेस नखाएर जिल्ला पशुसेवा कार्यालयको सहयोगमा व्यवसायलाई अगाडी बढाएका थिए ।