☰ open Loading... 19 April 2024|  

सरकारलाई घुडा टेकाएरै छाड्छौं : यातायात व्यवसायी
  | ११ बैशाख २०७५, मंगलवार ०९:५६

सुर्खेत । दूरदराजका नागरिकहरुलार्य सहज यातायात प्रवाह गराउँदा राज्य निरिह भएको भन्दै यातायात व्यवसायीहरुले सरकारलाई घुडा टेकाएरै छाड्ने बताएका छन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन परिचालन समिति कर्णाली प्रदेशले मंगलबार सुर्खेतमा गरेको कोण सभामा व्यवसायीहरुले यस्तो बताएका हुन् ।


‘विकट र गुणस्तरहिन सडकमा हामीले सेवा प्रवाह गरौं’ काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले भने,–‘राज्यले आज व्यवसायीहरुलाई सिण्डिकेट लादेको भन्दै अनावश्यक तनाव दिने गरेकोले यसको मूल्य हामी सवै मिलेर चुकाउनेछौं ।’

सापकोटाले यातायात व्यवसायीलाई एकपटक पनि छलफलमा नबोलाएरै एकलौटी निर्देशिका ल्याएकोमा विरोध जनाउँदै आन्दोलनलाई सार्थकता दिए यातायात व्यवसायीहरुलाई एक हुन अपिल गरे ।

मध्यपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु खड्काले सडक गुरस्तरहिन छन्, सवारी चालक अनुमतिपत्र लिँन जाँदा घुस खुवाउनु पर्छ यि जटिलताको अन्त्य गर्नुभन्दा यातायात व्यवसायीहरुप्रति आक्रामक बनेकाले यसको हिसाव किताव अब सडकबाट देखाइदिने बताए ।

उनले नेपालका ग्रामिण क्षेत्रहरुमा नागरिकलाई सहज यातायात सेवा दिएको परिमाण आज राज्यले हामीमाथि अन्याय गरेको उल्लेख गरे । आन्दोलनलाई सफल पार्न सवै पक्षको साथ आवश्यक रहेको बताएका खड्काले २१ गतेबाट शुरुवात गरिने आन्दोलनबाट सरकारलाई घुडा टेकाएरै छाड्ने उदघोष गरे ।

बैशाख २१ गते सम्पूर्ण यातायातका साधन घरमा थन्काएर आन्दोलनमा होमिने यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन परिचालन समिति कर्णाली प्रदेशका संयोजक नवराज सिंहले बताए । उनले यातायात व्यवसायीको नविकरण खारेजी गर्ने सरकारी निर्णयले आफूहरु आन्दोलनमा होमिनु परेको जानकारी दिए ।