दैलेख, वैशाख १५ –
तिन दिनसम्म दुल्लुनगरपालिकाको दुल्लु बजारमा संचालन भएको मोतिबिन्दु अप्रेशन शिबिरमा १ सय ५७ जना बिरामीको अप्रेशन भएको छ । शिबिरमा सबै भन्दा बृद्ध ८६ बर्षका दुल्लू नगरपालिका –१० का जयबहादुर कुवँर र सबै भन्दा सानो उमेरका ३० बर्षका भैरबी गाउँपालिका ३ का तुल्सा उपाध्यायको सफल अप्रेशन भएको डा. देबराज भारतीले जानकारी दिए ।
फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज बाँकेको प्राबिधिक सहयोग, दुल्लू नगरपालिकाको आर्थिक सहयोग, विजया माध्यमिक विद्यालयको भौतिक सहयोग समन्वय र दुल्लू सामुदायिक आँखा उपचार केन्द्र दुल्लू दैलेखको आयोजनामा संचालन भएको तिन दिने आँखा शिबिर सम्पन्न भएको हो ।
बैषाख ५ गते देखि बैषाख ९ गते सम्म दुल्लू नगरपालिका र भैरबी गाउँपालिकाका बिभिन्न स्थानमा छनोट शिबिर संचालन गरि करीब ८०० आँखाका बिरामीहरुको आँखा चेक जाँच भएको सामुदायिक आँखा उपचार केन्द्रका प्रमुख डिलबहादुर थापाले जानकारी दिए । अप्रेशन शिबिरमा ९ जनाको टिमको सहभागिता रहेको थियो ।
डा. देबराज भारती, डा. राजेस श्रेष्ठ, नेत्र सहायकहरु राम थापा, छन्दुलाल चौधरी, मनोज चौधरी, सन्दिप चौधरी, दलबहादुर चौधरी, सून्दर चौधरी, बादशाह खानको समुह रहेको थियो । गाउँ घरमानै अप्रेशन भएपछि करिब ३० लाख बराबरको औषधी उपचार निशुल्क भएको र नागरिकले औषधी उपचार निशुल्क पाएको आँखा शिबिर संचालन समितिका संमयोजक टिकाराम कार्कीले जानकारी दिए ।
नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले तिन दिन सम्म संचालन भएको शिबिरले यस क्षेत्रका सामाजिक सम्पतीका रुपमा रहेको जेष्ठ नागरिकहरुले घरदैलोमा उपचार पाएको छन् । यस्ता कार्यहरु आगामी दिनमा पनि दुल्लू नगरपालिकाले यस्ता कार्यक्रमको आयोजना गर्ने दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
साभार (नागरिक)