☰ open Loading... 29 September 2025|  

नगरपालिका संग विकासमा सहकार्य गर्ने गैरसरकारी संस्थाकाे प्रतिवद्धता
  | १५ बैशाख २०७५, शनिबार १९:५७

१५ वैशाख, चामुण्डा (दैलेख)

चामुण्डाविन्द्रासैनी नगरपालिका विकासे नीतिसंग सहकार्य गरी कार्यक्रम ल्याउर्ने गैर सरकारी संस्थाहरुले प्रतिवद्धता जनाएको छन । विकास साझेदार निकायका लागि आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीमा यस्तो प्रविद्धवता जनाएका छन । नगरपालिकाले प्रस्तुत गरेको कार्यपत्र कार्यन्वन तथा नीतिहरुलाई समर्थन गरी पुर्णरुपमा लागु गर्ने, विकासमा एकद्धार प्रणाली अपनाउन सहमत जनाएका छन । यस्तै विकास निर्माणमा योजना तर्जुमाका सम्पुर्ण प्रक्रिया बमोजिम आ–आफ्नो बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन ।

यता नगरपालिकाले पनि चामुण्डाविन्द्रासैनी नगरपालिकाले लगानीको वातावरण तयार गरी लगानी सुरक्षाको प्रत्याभुति गर्न नगरपालिका प्रमुख सुर्यबहादुर शाहीले प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चन्द्रा रावत उप–प्रमुख ताराकुमारी शाही (खत्री), दैलेख सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, यु एन डि पी नेपालगञ्जका प्रमुख पदम विक लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनीधिको सहभागी थियो ।