☰ open Loading... 18 November 2024|  

औपचारिक रूपमै ताेडियाे सिन्डिकेट
  | २४ बैशाख २०७५, सोमबार १८:५३

वैशाख २४, २०७५ काठमाडौँ —

आइतबार मध्यरातमा यातायात मन्त्रालय र व्यवसायीबीच विधिवत रुपमा नै सिन्डिकेटको अन्त्य गर्ने सहमति भएको छ । यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीहरुले यातायात मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव लगायत विभागका महानिर्देशकसँग सिन्डिकेट अन्त्य गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी सहमति गरेका छन्।

उनीहरुले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउँदै जारी बन्द–हडतालका सम्पूर्ण कार्यक्रमहरु औपचारिक रुपमा फिर्ता लिँदै सरकारको कदमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। आइतबार सरकार र व्यवसायीबीच भएको सम्झौता बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल समेत गठन गर्ने सहमति भएको बताए। यस्तै सहमति अनुसार एउटा मात्रै सवारी भएका व्यवसायीले पनि निर्वाध रुपमा सवारी सञ्चालन गर्न पाउने छन्।