☰ open Loading... 24 February 2025|  

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे
  | २ जेष्ठ २०७५, बुधबार १३:५९

हुम्ला – बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको 9N AuJ कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।

विमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

विमानमा सवार पाइलट र कोपाइटल दुवैको मृत्यु भएको र उनीहरूको शव क्षतविक्षत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख रविन श्रेष्ठले जनाएका छन् । पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

उनीहरूको शव  माउन्टेन एयरको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

सुर्खेत विमान स्थलबाट बिहान ६:१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो।

साभार ः नागरिकन्यूज