☰ open Loading... 19 April 2024|  

केपिएलमा टिकापुर र धनगढीको विजयी शुरुवात
  | ३ जेष्ठ २०७५, बिहीबार १९:३१

सुर्खेत । बिहिबारदेखी सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।


टस हारेर ब्याटिंग रोजेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पा¥यो । ओपनर अजय बिस्टले ३४ रनको पारि खेल्ने क्रममा १२ बलमा १ चौका र ४ छक्का प्रहार गरे । यस्तै अयुब चन्दले १९ र रवि शाहले १७ रन बनाए । बलिंगतर्फ भेरीगङ्गाका तिलक थापा, महेन्द्र बिके र विजय बिकेले २ र २ विकेट लिए ।

जवाफमा १४५ रनको लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा मात्र ३५ रन बनाउँदा सबै विकेट गुमायो । टिमबाट लोकेन्द्र बिकेले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । ४ खेलाडी गोल्डेन डकको सिकार भए । भेरीगङ्गालाई सस्तैमा समेट्न टिकापुरका रवि शाह र अनिल बिकेले १० र १० रन खर्चेर समान ३ विकेट लिए भने ललित प्याक्वलले ४ रन लिए । म्यान अफ द म्याच घोषित अजय बिस्टले १० रन खर्चेर समान २ र २ विकेट लिए ।

बिहिबार नै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले मध्य पश्चिमाञ्चल क्रिकेट क्लबलाई ४६ रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरममा ७ विकेट गुमाएर १५६ रन बनायो । बिपिन रावलले ३९ रन बनाउन २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै तल्लोक्रममा म्यान अफ द म्याच घोषित बसन्त सिंह कार्कीले अविजित ३२ रन बनाउन १२ बलमा १ चौका र ३ छक्का हानेका थिए । बलिंगतर्फ मध्य पश्चिमाञ्चलका भारत थापाले ३ विकेट लिन ३७ रन खर्चिए भने सिद्धान्त शाही, आकाश बिस्ट र भिम धमलाले १ र १ विकेट लिए ।

जवाफमा उत्रेको मध्य पश्चिमाञ्चल क्रिकेट क्लबले सुबेन्दु पाण्डेको अर्धशतकका बाबजुत निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ११० रन मात्र बनायो । सुबेन्दु पाण्डेले ५२ रन बनाउन ४० बलमा ६ चौका र १ छक्का हानेका थिए । यस्तै राजबिर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्त राज शाहीले १२ रन बनाउँदा ३ खेलाडी पहिलो बलमा नै आउट भए । बलिंगतर्फ धनगढीका बिक्रम ठगुन्नाले ३ विकेट लिन ३ ओभरमा मात्र १९ रन खर्चिए ।

प्रतियोगिताभर्फ शुक्रबार हुने पहिलो खेलमा रुपन्देही ११ र भेरीगङ्गा स्पोर्ट्स क्लबविच विहान ७ बजे हुनेछ । यस्तै, दोस्रो खेल विहान १०ः३० बजे रोयल राइजिंग क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीविच हुनेछ भने तेस्रो खेल दिउसो २ बजे महाकाली क्रिकेट क्लब र टिकापुर क्रिकेट क्लबविच हुने आयोजकले जनाएको छ ।