Loading... 14 December 2018|   शुक्रबार, मंसिर २८, २०७५

केपिएल क्रिकेट : रूपन्देहीले भेरीगंगालाई ८ विकेटले हरायाे

  |

सुर्खेत । रुस्लान कर्णाली प्रिमियर लिग  अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा रुपन्देही ११ ले भेरीगङ्गा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा टस जितेर ब्याटिंग रोजेको भेरीगंगा क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो ।

रुपन्देहीका बलर सन्दिप सुनार र बशिर अहमदले समान ३/३ विकेट तथा  बिक्रम भुसालले २ विकेट हात पारे। भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन योगदान दिए ।

६९ रनको लक्ष्य रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५     11:03:52 AM
error: Content is protected !!