☰ open Loading... 25 November 2024|  

गाउँमै खुल्यो, दाना उद्योग
  | ९ जेष्ठ २०७५, बुधबार १५:३९

दैलेख । सुर्खेत, नेपालगंज र बुटवलको दानाको भरमा यहाँका गाउँगाउँमा पाल्दै आएको ब्वाईलर कुखुरा अव, जिल्लामै दाना उत्पादनपछि सहज हुने भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाकाका प्रमुख सुर्यबहादुर शाहीले आइतवार ज्वाला दाना उद्योगको उद्घाटन गरे ।

चामुण्डाविन्द्रासैनी नगरपालिका –२ चाल्ने गाउँमा रहेको उद्योगको भवन उद्घाटन गरेका हुन् । नगर प्रमुख शाहीले ब्वाईलर कुखुराका लागि प्रयोग गरिने दाना आयतमा निषेधित गर्ने पनि बताए ।

गाउँमै स्थापना भएको उद्योग प्रवर्धनमा सहयोग गर्ने प्रमुख शाहीले उद्घोष गरे । दाना उद्योगको नवनिर्मित भवनको उद्घाटन गर्दै शाहीले जिल्लामै उद्योगधन्दा चलाए परनिर्भर हुनुनपर्ने र आम्दानीका श्रोत बढ्ने बताए । प्रदेशकै नमुना उद्योग बनाउनका लागि उद्योग सञ्चालकहरु लाग्नुपर्ने सुझाव उद्घाटन कार्यक्रममा दिईएको थियो ।

ज्वाला उद्योगले प्रदेशमै आफ्नो ब्राण्ड वितरण गर्ने लक्ष्य लिएको छ । तत्काल जिल्लाका ११ स्थानीय तहमा पुग्ने लक्ष्य रहेको उद्योगका अध्यक्ष चन्द्रा ज्ञावलीले बताए । यो उद्योग जिल्लाकै पहिलो दाना उत्पादन गर्ने उद्योग हो । अनुदानमा उद्योगको भवन निर्माण गरिएको अध्यक्ष ज्ञावलीले बताईन् ।

उद्योगले कुखुरालाई पोषिलो तथा छिटो हुर्काउनका लागि अर्गानिक दाना तयार पार्ने जनाईएको छ । उद्योगले स्थानीयहरुलाई पनि रोजगारी दिने अध्यक्षले जानकारी दिईन् ।

उद्योग सञ्चालन गर्नका लागि भवन संस्थाहरुले स्थापना गरेपनि उद्योग खर्च कति भन्ने अँझै एकिन नभएको अध्यक्ष ज्ञावलीले बताईन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाले दुई लाख अनुदान सहयोग गरेको छ । ‘दाना उत्पादन अहिले जिल्लामा वितरण गर्ने लक्ष्य रहेको छ ।’ अध्यक्ष चन्द्रा ज्ञावलीले भनिन् ः ‘त्यसपछि यसको बजार वितरण प्रदेशभरी गरिने लक्ष्य राखेका छौं ।’