☰ open Loading... 28 November 2024|  

स्वस्थ जीवनका लागि धुम्रपान छाड्न अाग्रह
  | १७ जेष्ठ २०७५, बिहीबार ०९:२६

विश्व धुम्रपान रहित दिवश
दैलेख । विश्व धुम्रपान रहित दिवशको अवसरमा नारायण नगरपालिका स्वास्थ्य शाखाले गरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले स्वस्थ जिवनका लागि धुम्रपान छाड्न सवैमा आग्रह गरेका छन् । रिपोर्टर्स क्लव दैलेखमा भएको सरोकारवालासंगको धुम्रपान सम्वन्धी निती, नियम र कानुनहरुलाई कडाईका साथ लागु गर्नुपर्ने बताएका छन् ।


कार्यक्रम स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले धुम्रपान रहित नगरका लागि आगाडी वर्षहरुमा ठोस र प्रभावकारी कार्यक्रम बनाएर जाने बताए । उनले स्कुल क्षेत्रदेखी सार्वजनिक क्षेत्रहरुमा धुम्रपान निषेधलाई कडाई गर्न प्रभावकारी कदम चालिने बताए । धुम्रपान त्यागौं र मुटु जोगाउँ भन्ने सन्देश सहित दैलेखमा पनि विश्व धुम्रपान रहित दिवशको अवसरमा सरोकारवालासंग छलफल भएको हो ।

कार्यक्रममा धुम्रपानले स्वास्थ्यमा हानीकारण छ भन्ने थाहा पाएपनि खाने क्रम बढेको दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले बताए । łसार्वजनिक क्षेत्रमा धुम्रपान गर्न नपाईने कानुनलाई कडाई गर्नुपर्छ । उनले भने, धुम्रपानले ब्यक्ति मात्रै नभई परिवार र समाजलाई असर परेको छ ।