☰ open Loading... 23 February 2025|  

डिपिआर बनेका आयोजना नहुँदा कर्णाली प्रदेशमा कम बजेट आयो : प्रभाकर
  | १९ जेष्ठ २०७५, शनिबार १९:५३

सुर्खेत । कर्णाली प्रदेशमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेर आयोजना भएका कारण बजेट कम आएको प्रतिनिधि सभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर सुर्खेतले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रभावकरले प्रदेशमा डीपीआर बनेका ठूलो आयोजना कम भएकाले डीपीआर निर्माणको काम प्रदेश सरकारले गरेर आगामी वर्षमा केन्द्र सरकारले बजेट लगानी गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।


पूर्व गृहमन्त्री समेत रहेका प्रभाकरले प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने दावी गरे । कर्णालीलाई १० वर्षमा धनी बनाउने गरी प्रदेश सरकारले जग निर्माण गर्न लागेको भन्दै प्रभावकारले सबै कर्णालीवासीले सरकारले देखेको सपनालाई साकार पार्न सहयोग गर्नुपर्ने बताए ।

प्रदशमै पर्ने एक द्रतमार्ग, भेरी करिडोर र कर्णाली करिडोर ठूलो आयोजनामा परेकाले धेरै बजेट विनियोजन भएको उनले जानकारी दिए । नेकपाको सचिवालयमा जान आफू अनिच्छुक रहेको बताएका नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ‘प्रभाकर’ले सचिवालयको संख्या बढाउन नहुने बताए ।

‘सबैभन्दा शक्तिशाली केन्द्रीय समिति, त्यसपछि पोलिटब्यूरो र स्थायी कमिटी हुन,’ प्रभावकरले भने, ‘सचिवालयको काम दैनिक पार्टी सञ्चालनमा मात्र सीमित छ । त्यहाँ ठूलो निर्णय हुँदैन ।

सामाजिक सञ्जालमा म र अरु कोहीलाई थप्ने भन्ने हल्ला मात्र हुन् ।’ प्रभावकरले नेकपाका प्रदेश, जिल्ला र तल्ला कमिटीको गठन आवश्यकताको आधारमा गरिने उल्लेख गरे ।