☰ open Loading... 18 April 2024|  

स्वास्थ्यकर्मी संघका पदाधिकारीहरुले सपथ लिए
  | १९ जेष्ठ २०७५, शनिबार २०:०६

सुर्खेत । नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । जेठ १४ गते भएको निर्वाचनमा निर्वाचित हुने अध्यक्ष उदय थापालाई निर्वाचन अधिकृत अधिवक्ता विवश बस्नेतले सपथ ग्रहण गराएका थिए ।


अध्यक्ष थापाले सपथ लिएसँगै अन्य पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा पूर्व सूचना राज्यमन्त्री तप्तबहादुर विष्टले निर्वाचित प्रतिनिधिहरुलाई प्रमाण–पत्र वितरण गरि शुभकामना व्यक्त गर्दै स्वास्थ्यको क्षेत्रमा काम गर्ने यो संगठनले आफ्ना गतिविधिमार्फत जनताको स्वास्थ्यको लागि सदैव खट्न आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष राजेशकुमार बुढाले आफ्नो कार्यकालको सामग्रीहरु नवनिर्वाचित अध्यक्ष थापालाई हस्तान्तरण समेत गरेका छन् ।