☰ open Loading... 28 June 2025|  

खहरेकाे बाढीले पुल बगायो, ४० घर डुवान
  | २७ जेष्ठ २०७५, आईतवार १६:१७

इन्द्रबहादुर बुढाथोकी
सल्यान । बाढीका कारण सल्यानको गैली बजारका ४० घर डुवानमा परेका छन् । सल्यानको बनगााड कुपिण्डे नगरपालीकाको सल्लीवजारस्थित गैली बजार आईतबार विहान बाढी बस्तीमा बस्ता ति घरहरु डुवान भएका हुन् ।


बाढी बस्तीमा पस्दा माथिल्लो वजारका अधिकांस व्यापारीक गोदाम र पसलमा क्षती पुगेको छ। माथिल्लो वजारमा खहरेखोलाले शितली वि।कको घर वगाएको छ । मानवीय क्षेती नभए पनि स्थानीयको घरमा पानी पस्दा घरका सम्पुर्ण माल सामानमा क्षेती पुगेको स्थानीयको भनाई छ ।

समान्य किराना पसल थोक तथा फुटकर पसलहरुमा पुर्ण रुपमा ठुलो क्षेती पुगेको प्रहरीको भनाई छ । खगेश्वर शर्माको पसल, दाङाली फोटो स्टुडियो, मनि फर्निचर, वेम्बो कटेज, पुर्णिमा होटल र बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगाएत ३ दर्जन पसलहरुको सम्पुर्ण समान केहि वगेको छ भने केहि समान भिजेको छ ।

छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलाको निमार्णधिन पक्ककी पुलको ढलानको सम्पुर्ण तयारी अवस्थामा रहेको पुल वगाएको छ ।

त्यसैगरी सल्लि चौहरजारि सडक खण्डको थेखोलाको निर्माणधिन पक्की पुललाइ समेत आसिक क्षेती पुगेको छ ।

छिन्चु जाजरकोट सडक खण्ड र रुकुम चौहरजारी सडक खण्डलाई अविरल परेको वर्षाले क्षेती पुर्याएको छ ।

ठेकेदारको लापरवाहिले समयमा काम नहुदाँ बन्गाड खोलाका निमार्णधिन पुलको सेटिङ समान वगाएको छ । पुलकै कारण सल्लि वजारमा ३ पटक खोला पसेको छ । पटक पटक वजारमा खोला पस्दा समेत कसैले क्षेतीपुर्ति नदिएको स्थानीय व्यापारिको दुखेसो छ । सवै भन्दा ठुलो क्षेती गैलीवजारमा भएको छ ।

गैलिवजारका अधिकांस व्यापारिहरुलाई यो सहित ३ पटक खोला पसेको छ । इप्रका सल्लीवजारले क्षेतीको लागत संकल गरिरहेको छ भने अधिकांस गैलीवजार वासि विस्थापित भएका छन् ।

साथै बनगाड जिउलामा रोपाइँको लागि तयार पारिएको सयौ रोपनी खेतमा लगाएको धानको व्याड् खोलाले पुरेर क्षेती पुगेको कारण रोपाइँमा गर्न समस्या हुने वडा न ५ का वडा सदस्य गोपि सुनारले जानकारी दिनु भएको छ ।