Loading... 15 October 2018|   सोमवार, अशोज २९, २०७५

अटाे रिक्सा दुर्घटनामा तीनकाे मृत्यु

  |

सुर्खेत । वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतमा पर्ने बावियाचाैरमा अटाे रिक्सा दुर्घटनामा भएको छ । पञ्चपुरी नगरपालिका– ५ मुरमुरेमा भे १ ह २१३५ नम्बरको अटोरिक्सा दुर्घटनाहुँदा ३ जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीय विनिता शाही, उनका ९ महिनाका छोरी प्रतीक्षा शाही र पञ्चपुरी नगरपालिकाका– ५ का अटोरिक्सा चालक ३६ वर्षीय अशोक रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अटोरिक्सा दुर्घटनामा तीन जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका– ५ की २४ वर्षीय भुमीसरा रावल, ४२ वर्षीय बिर्ख नेपाली र ३८ वर्षीय लक्ष्मी नेपाली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकी सालकोटमा सामान्य उपचार पछि वीरेन्द्रनगर ल्याइएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमाटमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा ल्याइएको छ । अटो सडकबाट करिब १ सयमिटर तल खसेको प्रहरीको भनाई छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २७, २०७५     8:17:14 PM
error: Content is protected !!