Loading... 23 June 2018|   शनिबार, असार ९, २०७५

मुग्लिङ- नारायणगढ सडकमा सात ठाउँ पहिरो, सवारी आवागमन प्रभावित

  |

चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११:२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३:२० बजे एकतर्फी सञ्चालनमा आएको थियो। बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भए पनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ।

रासस

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५     9:44:15 AM
error: Content is protected !!