☰ open Loading... 18 November 2024|  

कर्णाली प्रदेश ः तीन विधेयक संसदमा पेश गर्न स्वीकृति
  | ३१ जेष्ठ २०७५, बिहीबार १९:२७

सुर्खेत । कर्णाली प्रदेश सरकारको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले चार विधेयक प्रदेश सभामा पेश गर्न विषयगत मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।


बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक, प्रदेश ऋण उठाउने सम्बन्धी विधेयक र प्रदेश विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय स्वीकृति दिएको प्रवक्ता विमला केसीले जानकारी दिइन ।

उनका अनुसार बैठकले कर्णाली प्रदेश वातावरण संरक्षण सम्बन्धी विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न उद्योग, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।

यस्तै, कर्णाली प्रदेश प्रहरी सम्बन्धी विधेयक २०७५ को मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता केसीले बताईन् ।

मन्त्रीपरिषद् बैठकले जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको केन्द्र परिवर्तन गरी लुहादह कायम गर्नेबारे आएको प्रस्ताव मन्त्रीपरिषद्को राजनैतिक समितिमा पठाउने निर्णय गरेको छ ।