☰ open Loading... 26 April 2024|  

निशानामा नेइमार, स्वीस खेलाडीले गरे १० पटक फउल
  | ४ असार २०७५, सोमबार १२:५९

काठमाडौं । आइतबार विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा ब्राजिलका स्टार स्ट्राइकर विपक्षी खेलाडीको निशानामा परे ।

स्वीट्जरल्याण्डले उपाधिको दावेदार माथिएको ब्राजिललाई १–१ गोलको बराबरी खेलेको हो । यो खेलका क्रममा नेइमार भने स्वीस खेलाडीको निशानामा परे ।

पूरै ९० मिनेट खेलेका उनमाथि विपक्षी खेलाडीले १० पटक फउल गरेका हुन् । यो विश्वकप फुटबलको कुनै एक खेलमा एक खेलाडीमाथि भएको फउल रेकर्ड हो ।

यसअघि १९९८ मा इंग्ल्याण्डका एलन शीयरमाथि ११ पटक फउल भएको थियो ।

चोटका कारण पेरि सेन्ट जर्मेनको सिजनका अन्तिम खेलहरु गुमाएका नेइमार अझै पूर्ण फिट भइसकेका छैनन् । त्यस्तो अवस्थामा उनी नै विपक्षी खेलाडीको निशानामा पर्दा ब्रजिलको प्रदर्शन प्रभावित भएको छ ।

अनलाइनखबर