☰ open Loading... 25 April 2024|  

उपचारतिर राउटे
  | ८ असार २०७५, शुक्रबार १७:३२

दैलेख, राउटे यूवा कपिल शाही २ वर्षअघि आगोले पोलिए । राउटेहरुले बस्तीमै आफ्नौ जडिवुटी प्रयोग गरे तर, निको भएन् । १ वर्षसम्म पनि निको नहुँदा कपिल मर्ने बाच्ने अवस्थामा पुगे । सहयोगी धेरैले उपचारका लागि काठमाडौं लिने प्रयास गरेता पनि राउटेले उपचारमा विश्वास मानेनन् । आफ्नो परम्परालाई नै अंगाले । राउटेहरुलाई सहयोग गर्ने अभियान्ताहरुको जोडका कारण राउटेले कपिलको उपचारका लागि काठमाडौं पठाए । ६ महिनामै निको भएन् कपिल बस्ती फर्किर ।

महामुखिया महिनबहादुर शाहीको श्रीमती दुनी शाहीको खुट्टा क्यान्सर भएको थियो । काठमाण्डौं गएर खुट्टाको अप्रेशन गरेपछि आजभोली उस्तै हिड्न सक्ने भएकी छिन् । यी केही उपचार गराएका घटनाहरु भए । तर, बस्तीमा जस्तो सुकै विरामी हुँदा पनि राउटे समुदाय जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । त्यतिबेला एकाध बाहेक धेरै निको हुन्र्थे पनि ।

यतिमात्रै होईन् स्वास्थ्य चौकी, मेडिकल, अस्पतालको नामै सुनेका छैनन् । बस्तीमा औषधी बोकेर आउने डाक्टरहरुलाई समेत उपचारविना फिर्ता पठाउर्थे । तर, उनीहरु १ वर्षदेखी उपचारमा उनीहरुको आनीबाली फेरिएको छ । उनीहरु स्वास्थ्य संस्थामै आउन थालेका छन् । बस्तीमै स्वास्थ्यकर्मी पुग्दा आफुलाई भएको समस्याहरु सुनाउने गर्छन् । २ वर्षपहिले तालपोखरीमा राउटे बस्ती पुग्दा उपचार त के दिएको औषधी समेत फालेका स्मरण गर्दै स्वास्थ्यकर्मी जगत विसीले भने, łअहिले बस्तीमा पुग्दा आफ्ना समस्या निर्धक्क राखेर उपचार गर्छन् ।

राउटे महामुखिया महिनबहादुर शाही आफ्नो बस्तीमा पुरानै नियमका कारण जनताहरु आजभोली समस्यामा पर्ने गरेको बताउँछन् । सामान्य टाउको दुखाईदेखी जुकाको समेत औषधी खाईरहेका छन् । जटिल विरामीहरुलाई स्वास्थ्य कार्यालयमा उपचारका लागि पठाईने गरेको डुंगेश्वर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकै खर्चमा एक हप्तादिनभित्र राउटे बस्तीमै स्वास्थ्यकर्मीहरु उपचारका लागि गएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले बताए ।

नेपालमा एक मात्र फिरन्ते जिवन जंगलहरुमा बस्दै आएका राउटेहरु पछिल्लो वर्षहरुमा परिवर्तशिल हुने क्रम चलेको छ । पहिले पैसा छोए पाप लाग्छ भन्र्थे तर, उनीहरु जन्मिने वित्तिकै भत्ता बुझ्ने गरेका छन् । औषधी उपचारदेखी खानपानमा परिवर्तन भएका छन् । जंगली जडिबुटीदेखी खानपान हुने भएकाले पहिले राउटे बलिया तन्दुरुस्त थिए तर, अचेल बजारिया खानेकुरा, पोषणको कमीले गर्दा विरामी धेरै हुने गर्दछन् । उपचार सहज हुन थालेपछि उनीहरुलाई सरकारले परिचय पत्र बाड्ने कार्यक्रम बनाएको छ । जसले गर्दा भत्ता वितरणमा सजिलो हुने जनाईएको छ ।