☰ open Loading... 23 December 2024|  

प्रदेशकै नमुना मानवनिर्मित ताल बनाउँने छौं
  | १६ असार २०७५, शनिबार १२:४८

अहिले स्थानीय तहमा २० वर्षपछि जनताले जनप्रतिनिधि पाएका छन् । कर्मचारी तन्त्रबाट चलिरहेको स्थानीय तह अहिले जनप्रतिनिधिले कसरी काम गरिरहेका छन् । निर्वाचित भईसकेपछि नगरपालिकाले गरेको कामहरू, विकास योजनाहरूका बारेमा नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्कासंग पश्चिमनेपाल डटकमले लिएको अन्तर्वार्ताको अंश ।

अहिले जनताले जनप्रतिनिधि पाएपछि कस्तो आभास गरेका छन् ? काम गर्दै जना जनताको प्रतिक्रिया के छ ?
२० वर्षपछि जनताले जनप्रतिनिधि पाएको अवस्था छ । जनताले २० वर्षसम्म जनप्रतिनिधि विहिन थियो । यो विचमा कर्मचारीबाट भएको काम सन्तुलित थिएन् । एक वोर्डबाट काम गर्दा विकास वितरण समान थिए । जनतले जनप्रतिनिधि पठाएका जाति, समुदाय र समाजका समस्या समाधानका लागि आशा गरेर जिताए । भोट दिए । आफ्ना प्रतिनिति जिताए, पठाए । स्थानीय तहमा स्थानीय सरकार मार्फत विकास हुनेमा विश्वास लिए । तरपनि नयाँ सरकार, नयाँ संरचना, कर्मचारी अभाव, प्रदेश सरकारबाट ऐन कानुन नबनीएका कारण काम गर्न हात खुट्टा बाँधिएका छन् । अहिले काम गर्नका लागि वडा कार्यालय संचालन गर्नका लागि लागिरहेका छौं । वडामा अहिले ३ जना मात्रै दरवन्दी छ । त्यसैले गाह्रो भएको छ । सहयोगी राख्न समेत रोकिएको छ । पशुपालन, कृषि उपज उत्पादन, शिक्षा र स्वास्थ्यमा ब्यवस्थापन गर्नका लागि दक्ष जनशक्ति अनुभुती भएको छ । यी कुराहरूमा गम्भिरपूर्वक लागेका छौं । प्रयाप्त दरदन्दी छैन् । कानुनी जटिलताका कारण जनतालाई भनेजती सेवा सुविधाका लागि सम्वोधन गर्न गर्न सकिएको छैन् । काम गर्ने चाहना भएपनि काम गर्न भनेजस्तो सकिएको छैन् । कृषि क्षेत्रलाई रूपान्तरण गर्न लागेका छौं । सवै वडामा हरेक तहका प्राविधिकहरू समेत नभएको अवस्था छ । हरेक विषयगत कार्यालयका शाखामा कर्मचारी अभाव छ । अव हामी वडा कार्यालय स्थापना गरेर कार्यालय सार्दै छौं । कर्मचारी राख्न नपाईने परिपत्र भएकाले गाह्रो छ । वडा कार्यालयमा जादा कर्मचारी अभाव छ । यी नै कुराहरू बढी जनताले गुनासो गर्ने गरेका छन् ।

 विकास काम कुन चरणमा पुगेको छ ? कामै भएको छैन् भन्ने आरोप छ नी ?
अहिले हामीले वडा नम्वर १ देखी ११ वडामा पहिलो चरणका कार्यक्रम तथा योजनाहरूमा रकम विनियोजन गरेर कामहरू सुरु गरेका छौं । वडा नम्वर १ मा १९ योजना २ मा १८ योजना, ३ मा १९ योजना, ४ मा ११ योजना, ५ मा ९ योजना, ६ मा १२ योजना, ७ मा २३ योजना, ८ मा १६ योजना, ९ मा २१ योजना, १० मा ९ योजना र ११ २ योजनाहरूको काम अन्तिम चरणमा पुगेका छन् । पैसा नपुग्ने भएपछि पहिलो र दोस्रो चरण गरेर योजना विभाजन गरेका छौं । पहिलो चरणका योजनाहरूको काम ८० प्रतिशत सकिएको छ । धेरै जति योजनाको काम सकिएर रकम पनि भुक्तानी भईसकेको छ । हामीले ३ तरिकाबाट योजना अनुगमन गरेर मात्रै भुक्तानी दिने ब्यवस्था मिलाएका छौं । पहिलो चरणमा कम्तिमा ५० हजारदेखी बढीमा २९ लाख ५० हजारसम्मका योजना प्राथमिकताकरण गरेर कार्यान्वयनमा गरेका हौं । हामीले गरेका कामहरू मोवाईन एप्समा हालेका छौं । जनताले बुझन्का लागि नगरपालिकाको अनलाईनमा पनि राखेका छौं । सवैले हेर्नका लागि स्पष्ट रूपमा नगरपालिकाको कार्यालयमा विवरण माग्दा पनि बुझ्न सक्नुहुन्छ । नगरपालिकाप्रति लगाएको आरोप मात्रै हो कामहरू गरिरहेका छौं । निधार आरोपको हामी खण्डन गछौं ।

नगरपालिकामा कति बजेट योजना रहेको छ ?
गत आर्थिल्लो वर्षको १ करोड ६७ लाख १ हजार ४२ रूपैँया ८३ पैसा र आन्तरिक आर्य ६० लाख रहेको छ । जिल्ला मालपोटबाट राजश्व ४० लाख प्राप्त भएको छ । वित्तिय समानिकरण नेपाल सरकारबाट १९ करोड ५५ लाख ९६ हजार प्राप्त भएको छ त्यस्तै शसर्त अनुदान १५ करोड ३७ लाख ५५ हजार रहेको छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम १९ लाख ४१ हजार रहेको छ । बहुक्षेत्रिय पोषण कार्यक्रमबाट १२ लाख ७७ हजार आएको छ । गरिवसंग विशेश्वर कार्यक्रम ४ लाख २९ हजार र सडक वोर्ड नेपालबाट ४५ लाख रहेको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता ३ करोड ५७ लाख ५५ हजार रहेको छ । जम्मा बजेट ४१ करोड ३९ लाख २४ हजार ४२ रूपैँया ८३ पैसामा खर्च चालु तर्फ कर्मचारी तथा पदाधिकारी ७ करोड ९८ लाख ९५ हजार ५ सय ३५ पैसा रहेको छ । शसर्त अनुदान खर्च २७ करोड ३० लाख ५२ हजार ५ सय ३५ रूपैँया जसमा पुजीगँत तर्फ खर्च १४ करोड ८ लाख ७१ हजार ५ सय ७ रूपैँया रहेको छ । हामीले दुई चरणमा बजेट विभाजन गरेर योजना निर्माण गरेका छौं । पहिलो चरणको योजना अन्तिम चरणमा पुगेर अहिले प्रत्येक वडाहरूमा दोसो चरण कार्यक्रमा अहिले १० लाखका कार्यक्रमहरू बनाउँदै कार्यान्वय हुदै गईरहेका छन् ।

भौगलिक रूपमा विकट वडाहरूमा सन्तुलन विकास भएको छ त ?

हामी अत्यान्तै संवेदनशिल छौं । हाम्रा वडाहरू निकै विकट पनि छन् । ती वडामा बढी प्राथमिकता दिएर विकासका योजनाहरू ल्याएका छौं । विकट वडाहरू १०,११ र साविकको खरिगैराका देवलकाँडा र रातापानीमा वत्ती, सडक अन्य पूर्वाधारहरू छैनन् । त्यहाँ सडक र वत्तिमा हामीले अहिले जोड दिएका छौं । सडक निर्माणको काम अन्तिम चरणमा पुगेका छ भने, वत्तिका लागि १ करोड ७ लाखको टेन्डर गरि काम अघि बढाएका छौं । यो वर्षभित्र देखीने खालका विकासका गतिविधिहरू भौगलिक रूपमा विकट वडामा हुने छ । ती वडाहरूमा सडक र पक्ति यो वर्षभित्रै जाने छ । हामीले विद्युत कार्यालयबाट हुने विद्युतिकरण पनि विकट वडा भवानीमा गरेका छौं । समयमै विषयगत कार्यालयको कार्यक्रम नआएकाले समस्या भयो । मागेको बेला कार्यक्रम आएन् । हामी एनजिओको कार्यक्रम मागेको छौं । सवैसंग समन्वय गरेर काम गरिरहेका छौं । नगरसभा भैसकेपछि विषयगत कार्यालयबाट कार्यक्रम आए । समयमा बजेट विनियोजन गर्ने निर्देशिका पनि आएन् । त्यसैले धेरै समस्या भयो । हामीले विनियोजन गरेको योजना विषयगत कार्यालयको कार्यक्रममा राख्नुपर्ने भएपछि हामीलाई अलि समस्या भएको हो । त्यसैले दुई चरणमा कार्यक्रम बनायौं । हामीले सवै विषयगत कार्यालयका कार्यक्रममा बढी प्रभावकारी रूपमा विकट वडाहरूमा लगेका छौं । शिक्षा, स्वास्थ्य, कृषिका कार्यक्रम बढी विकट वडमा राखेका छौं । नयाँ सडक खन्ने र तलमाथि हरियाली बनाउन योजना समेत ल्याएका छौं । जिल्ला वन संग सहकार्य गरेर वृक्षारोपणका कार्यक्रम राखेका छौं ।

पर्यटन विकासमा कसरी खर्च गर्दै हुनुहुन्छ ?

पर्यटन विकासमा मास्टर पलान महत्वपूर्ण हुन्छ । हामीले अहिले मानव निर्माण ताल कोटिला बनाउन लागेका छौं । पंचकोशी तिर्थमध्ये श्रीस्थान सडकलाई १२ महिना चलाउनका लागि निर्माण गरेका छौं । अहिले ती सडकमा ग्राविल गरिसकेको छौं । अव, चौडा बनाउन बजेट विनियोज गरिसकेको छ । यहाँ रहेको देवल, मन्दिर र गढीहरूको संरक्षण र प्रभावकारी योजना बनाउनका लागि श्रोत खजिरहेका छौं । नगरपालिकामा उपलब्ध बजेट पनि खर्च गरिरहेका छौं । अहिले कोटिला जाने गेटदेखी कोटिला मन्दिरसम्म सडक स्तर उन्नती भएको छ । तिर्थ स्थलमध्ये सवैमा सडक १२ महिना जाने आर्कषण बनाउन गुरुयोजना बनाउने छौं । पंचदेवल, बेलासपुर लगायतका क्षेत्रमा पर्यटन मन्त्रालयबाट पैसा आएको छ र हामीे साँझेदार गरेर त्यहाँ काम गरेका छौं । पर्यटकिय क्षेत्रहरू चिनाउनका लागि हामीले रारा जाने पर्यटकहरूलाई आर्कषण गर्न होडिग बोर्ड ठाँउठाँउमा राखेका छौ । जसले जिल्लालाई चिनाउन सहयोग गरेको छौं ।

नगरको विकासका लागि कस्ता योजनाहरू प्राथमिकतामा परेका छन् ?

पर्यटिकय क्षेत्रको विकास र प्रचार मार्फत नगरको विकास सम्भव छ । त्यसैले हामी विश्वसम्पदा सुचीमा सुचुकिृतका लागि सिफारिस भएका सम्पदा संरक्षणदेखी यहाँका मठमन्दिर विकास जर्गेनामा गर्नेछौं । मानव ताल बनाउने योजना छ । नगरका बाटाहरू स्तरउन्नतीका लागि लागेका छौं । सडकलाई प्रमुख प्राथमिकतामा राखेका छौं । पहिले सडक त्यसपछि अन्य विकासका ढोकाहरू खुल्ने छ । ११ वटा वडा सदरमुकामसम्म १२ महिना गाडी पुग्नका लागि काम गर्ने योजनामा गरिरहेका छौं । नगरपालिकामा समायोजन भएर आएको विकट वडाहरूमा विद्युतिकरण पुर्ण रूपमा गर्ने रहेको छ । त्यसमा म लागि सकेको छु । त्यस्तै चर्को बेरोजगारी समस्या छ । योग्यता नपुगेका बेरोजगारीहरूलाई रोजगारीका लागि कार्यक्रम बनाउँदैछु । यूवा जमात धेरै बेरोजगार छन् । तर, योग्यता छैन् ती यूवाहरूलाई सिपमुलक, आर्यआर्जनका कृषि लद्यू उद्यमका माध्यमबाट उनीहरूलाई सम्वोधन गर्ने कार्यक्रमहरू बनिरहेका छ । उनीहरूको छनौट गरि शिपमुलक तालिम दिईने छ । यो वर्ष हामीले सुरुवात गरेका छौ । बाख्रा पालन, लद्यु उद्यमी, कृषि उत्पादनदेखी कुखुरा पालनसम्मका योजना रहेका छन् ।

महत्वकांन्छी योजना रूपमा लिएको कोटिलामा मानव निर्माण तालबारे नगरपालिकाले कसरी के कस्तो काम गर्ने याजना बनाएको छ ?

डिपिआरका लागि बजेट विनियोजन गरेका छौं । सुचना प्रवाह गरेका छौं । मुलुकभर भएका विज्ञहरूबाट छनौट भएर हेरियोस् भन्ने हाम्रो चाहना छ । त्यसैले हामीले विगतमा निकालेको सुचना रद्द गरेर फेरी टिवआर बनाएर फेरी निकाल्ने तयारीमा छौं । मावन निर्माण तालको तलमाथि ड्याम बनाउने र ड्यामकै माथि गाडी गुड्ने पुल निर्माण गर्ने योजना रहेको छ । ताल नजिक रहेको बस्तीलाई उपयूक्त मुआब्जा दिएर अधिग्रहण गर्ने योजना छ । ताल निर्माणमा दुई बस्ती उठाउने पर्ने देखिन्छ । खेतहरूको उचित क्षतिपूर्ती दिनेछौं । जनजातीको बस्तीमा होमस्टे सञ्चालन गरेर पर्यटकिय क्षेत्रको विकास गर्ने योजना छ । त्यस्तै पर्यटन विकास लागि देश विदेशबाट आउने छन् । ताल वरपर रिसोर्ट सञ्चालन हुनेछ । यहाँ शुद्ध मछ पालन गर्ने योजना छ । माछामा जिल्लामात्रै नभएर प्रदेशलाई नै आत्मनिर्भर बनाउने लक्ष्य छ । ताल निर्माणको क्रम र निर्माणपछि यूवाहरूलाई रोजगारी हुने छ । कोटिला मन्दिर तालको विचमा हुनेछ । जहाँ डुंगाबाट मन्दिर दर्शन गर्न जाने छन् । अन्ततः कर्णाली प्रदेशको प्रमुख पर्यटिकय क्षेत्र दैलेख हुनेछ । प्रदेशमै नमुना मानव निर्मित ताल दैलेखमा बनाईने छ । दैलेख जिल्ला जंल, जमिन र जंगलले भरिपूर्ण छ । ड्यामको पानीले विद्युत उत्पादन समेत गर्ने योजना रहेको छ ।

नगरपालिकाभित्र सवारी साधन अस्तबेस्त पाकीङ्गदेखी धुलाम्मे सडक कहिलेसम्म ?

नगरभित्रका सडक धुलाम्मे छ हामीलाई पनि लागिरहेको छ । सवैसंग समन्वय भएका छ । साँगुरो बाटोमा गाडीहरू ओहोर दोहोर गर्दा दुर्घटना हुन सक्छ भनेर एकतर्फी आगमन पनि बनाएका छौं । पसलका सामागी बाहिर राख्न रोकेका पनि छौं । बाहिर आएका छटदेखी टहरासम्म हटाएका छौं । तर, पनि हामीलाई केही ब्यापारीको सहयोग पाएका छैनौं । धेरै ब्यापारीले सहयोग पनि गरेका छन् । नियम बनाउँदा पनि अटेर गर्ने प्रवृत्तीले अलि समस्या थपिएको हो । यसमा सवै लागेर हातेमालो गरेमा असम्भव छैन् । सवै सहयोगी भए नगरको विकास छिटै हुने छ । केही ब्यापारिले गर्दा बजार फराकिलो र एकतर्फी सवारीमा बाधक हुनुभएको छ । पत्रकारहरूले नगरपालिकाको विकासका लागि सहयोगी भएर काम गर्नुपर्छ । निराधार कुराहरू मात्रै पत्रिकाहरूमा आएका छन् ती कुराहरू ब्यक्तिगत ईगोका लागि मात्रै लेख्ने प्रवृती दैलेखमा भएकाले हामी दुखीत छौं । १ करोडको सामाग्री खदिरका विषयमा नबुझी अनावश्यक समाचार आयो । त्यो दुखत थियो । नगर प्रमुखको छवी विग्रन देखीएको देखीयो हामी सवै हिसाव किताव स्पष्ट रूपमा राखेका छौं जुनसुकै बेला माग्न आएपनि दिन्छौं । त्यसैले सवैमा पूर्वाग्राही नहुँन सवैलाई म आग्रह गर्दछु ।

वृद्धाभत्ता बैंकबाट वितरणले वृद्धावृद्धहरूमा झन्झटिलो देखीयो नी ? भत्ता लिदा बैंकमा दुई दिनसम्म लाईनमा बस्नुपर्ने देखीयो । सरल उपाय केही छ ?

सामाजिक सुरक्षा भत्ता विगतमा छोराछोरीले आमाबुवाको झिकेर १ वर्षको एकै पटक खाएको देखीयो । विगतका वर्षहरूमा भएको घटनालाई रोक्न बैक सिस्टम गराएको हो । त्यस्ता घटनाले समग्र मुलुक भरि देखीयो छ । सम्वन्धी ब्यक्तिले पाउने गरि बैकमा खाता खोलियो । खाता संञ्चालन गर्दा एउटा बैंकमा खाता सञ्चालन भएकाले समस्या भएको हो । निर्वाचित भएपछि आम जेष्ठ नागरिकले घरबाट भत्ता पाउछु भनेर आशा गरेका थिए त्यो आशा पुरा नभएकाले आत्म आलोचित भएको छु । अव वडा अनुसार बैंक फरक हुनेछ । लाईनमा नबस्ने गरि बैंकले तोकिएको मिति र समयमा आएर भत्ता लिन मिल्ने ब्यवस्था मिलाउने छौं । त्यसैले नयाँ तरिकाले खाता खोल्नका लागि बंैकसंग समन्वय गरेको छु । आफु जनप्रतिनिधि भएका आएपछि टाढा भएका जेष्ठनागरिक, विरामी तथा अशक्त भएकाहरूका लागि संरक्षकले निवेदन नगरपालिकामा दिए सिफारिस गरेर बैंकमा भुक्तानी दिने ब्यवस्था पनि मिलाएका छौं ।

नगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीले पाउने सेवामा ढिलासुस्ती हुने गरेको आरोप छ ?

सेवाग्राहीहरूलाई छिटो सुलभ रूपमा सेवा गरुन भन्ने उद्देश्य राखेको छौं । डेक्स निर्माणमा लागेका छौं । डेक्सबाट सवै सेवाहरू कहाँबाट पाउने भनेर थाहा हुनेछ र सहज हुने छ । हामी त्यसैमा लागेका छौं । अहिले वडा कार्यालयहरू नहुँदा भिड् बढेको हो । त्यसैले कहिलेकाँही सेवा अवरुद्ध हुँदा ढिला हुने हो तर, कर्मचारीबाट कुनै काम रोकिएको छैन् । वडा कार्यालय सरेपछि समस्या कम हुनेछ । सुविधा वडाबाट त्यहाँ पाउनेछन् । टेक्नोलोजि संञ्चालन गर्ने कर्मचारी समस्या छ । कहिलेकाँही ईन्टरनेट अवरुद्ध, कम्प्यूटर नचल्ने कारणले त्यस्तो भएको हुनसक्छन । सेवाग्राहीहरूको भिड् देखेपछि म आफै फाँटमै पुगेर सहयोग गर्ने गरेको छु ।

समृद्ध नगरपालिका बनाउन आगमी योजनाहरू के छन् ?

समृद्धि निमार्ण गर्नका लागि नागरिक समृद्धि बन्नु पर्दो रहेछ । त्यसका लागि शिक्षा, कृषि र स्वास्थ्य अनिर्वाय छ । हामी यी कुराहरूमा विशेष प्राथमिकता दिएर लागेका छौ । स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा प्रयाप्त बजेट दिने लक्ष्य छ । दक्ष जनशक्ति बनाउनका लागि पनि हाम्रो जोड हुने छ । जहाँ जे योजनाको सम्भावना रहेको छ हामी त्यहाँ त्यही कार्यक्रम गछौं । भेडा बाख्रा, जडिबुटी उत्पादन, कृर्षि, लद्यु उद्यमतिर बढी प्राथमिकता हुने छ । सम्भावना खोजेर कार्यक्रम बनाएका छौं । नगरभित्र कुपोषणग्रस्त छ । त्यसमा हामी एनजिओसंग सहकार्य गरेर काम गरेका छौं । अहिले ३, १० र ११ वडामा कार्यक्रम गरेका छौ आगामी वर्षमा ११ वडामै यो सुन्तुलित आहाराको कार्यक्रम हुने छ । आगामी वर्ष आवश्यकताका आधारमा बजेट विनियोजन गरेर योजनाहरूबाट विकासको खाका कोर्ने छौं ।

अन्त्यमा केही भन्नु छ ?

समग्रमा ढिलै भएपनि तपाईको मिडिया मार्फत सुख शान्ति र स्वास्थ्य, विकासका लागि सवै नगरबासीहरूमा २०७५ सालको शुभकामना । हामीले चुनावमा घोषणा गरेका समृद्धिका ती कल्पनाहरू सकार पार्नका लागि कर्मचारी, बजेट, दक्ष जनशक्तिका लागि प्रदेशबाट ऐन कानुका अभावका कारण पुरा गर्न पाईएको छैन् । त्यसका लागि आम नगरबासीहरूमा हात जोडेर माफी माग्न चाहन्छु । एकै वर्ष सवै पुरा गर्न पनि सकिदैन् । ५ वर्षमा जनताका सपना, चाहना पुरा गर्ने छौं । विभेदविना हामी विकास निर्माणमा तल्लिन हुनेछौं । नगर समृद्धि, सुन्दर बनाउनका लागि गुरुयोजना निर्णय गर्ने छु । सवैको सहयोग हुनेछ । गुरुयोजना अनुसार नगर समृद्धि हुने छ । काम गर्दा समय लाग्छ त्यसैले सवैले धैर्य गरेर विकास ढोका पर्खन आग्रह गर्दछु । नगरको विकासका लागि म रातदिन लागिपरेको छु ।