☰ open Loading... 16 November 2024|  

त्रिदेशीय सडक विवादित
  | २० असार २०७५, बुधबार ११:१८

 

दैलेख, नाम फरक पारेर दुई ठाँउबाट एकै ठाउँ पुग्ने सडकको बजेट भाषणमा आएपछि दैलेखमा विवादित भएको छ ।
दुई हप्ताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डोजर चलाएर उद्घाटन गरेका थिए । त्यही सडक फेरी दैलेख सदरमुकामबाट जाने गरि बजेट विनियोजन भएपछि विवाद चुलिएको हो ।

दुई हप्ताअघि धन्नै ३ करोड रकम खर्चिने गरि जमुनाहा कोहलपुर सुर्खेत माथिल्लो डुंगेश्वर बैक दुल्लु भैरवी कुसापानी ब्याउली नाग्म गमगढी नाम्चे लाग्ना राष्टिय गौरवको प्रादेशिक सडक नामाकरण गरि उद्घाटन गरिएको थियो । त्यति सडकलाई फेरी नेपाल सरकारले ०७५÷०७६को बजेट भाषणमा अर्थमन्त्रीले रुपैडिया नेपालगंज — सुर्खेत – दैलेखबजार –महावुलेक – गाल्जे –भात्तडी रतडा –नाग्मा –गमगडी हुँदै तिब्वतको सिमाना नाक्चे नाग्ला पुग्ने सडक सम्भावना अध्यायन तथा निर्माणका लागि १० करोड बजेट बिनियोजन गरेपछि दैलेखका दुई क्षेत्रविच विवाद भएको हो ।

पहिले क्षेत्र नम्वर २ बाट प्रदेशिक सडक नामाकरण गरेर सडक उद्घाटन गरिएको थियो । त्यहाँ दुल्लुहुँदै जाने सडकका लागि आगामी वर्षका लागि ७ करोड ५० लाख छुट्याईएको छ । क्षेत्र नम्वर २ छुटाएर क्षेत्र नम्वर १ को दैलेखबजार महावु लेक भएर जानेगरि रकम विनियोजन भएपछि दुई क्षेत्रका स्थानीयविच सामाजिक सञ्जालमा विवाद देखीएको छ । एमाले नेता रुद्ध शाहीले पहिले तय भएको प्रादेशिक सडक महत्वमा नपरेर फेरी त्यही प्रकृतीको सडक अर्को ठाउँ भएर जानुले नेताहरुको क्षमता र प्रभावले सडक गुमेको बताउँछन् । क्षेत्र नम्वर १ (क) का सांसद अम्मरबहादुर थापाले जहाँबाट छोटो र राम्रो हुन्छ त्यहाँबाट नै भोलीका दिनहरुमा सडक चल्ने बताए ।

‘विरोध गर्नेहरु विकास विरोधी हुन् ।’ सांसद थापाले भने, सडक विकास दुवै क्षेत्रमा हुने भएपनि भविष्यमा यात्रुले सहज सडक नै रोज्छन् । र, त्यहाबाटै यात्रा गर्छन् । अहिले जनताको लागि नभएर बजार चलाउनका लागि विरोध भईरहेको छ ।’ उनका अनुसार दैलेख महावु लेक भएर गए कर्णाली राजमार्ग ७९ किलोमिटर छोटो र सरल सडक बन्ने छ ।

कर्णाली प्रदेशको निति तथा कार्यक्रममा दैलेख सदरमुकामबाटै प्रादेशिक सडक लैजाने उल्लेख भएपनि जिल्लाको दुई क्षेत्रविच विवाद भएको थियो । क्षेत्र नम्वर दुईका नेताले सडक विभागबाट आएको बजेटबाटै आफ्नो राजनिति प्रतिष्ठा जोगाउन सांसदहरुकै दवावमा विगतदेखी नै निर्माण कार्य भैरहेको माथिल्लो डुंगेश्वर वैंक दुल्लु सडकलाई मुख्यमन्त्रीले उद्घाटन गरेर दुल्लुबासीलाई सान्त्वना दिएका थिए ।

तर, फेरी नेपाल सरकारको बजेट भाषणमा महावुबाटै त्रिदेशीय सडकका लागि योजना प्राथमिकतामा पारिएपछि दुई क्षेत्रका नेता र स्थानीयविच विवाद देखीएको हो । दुई क्षेत्रका नेताहरुले आफ्नो क्षेत्रबाट कालिकोट हुँदै मुगु र गमगढी नाम्चे लाग्ना (तिवब्त सिमाना) पुराउने दावी गरेका छन् । विकासमा प्रतिष्पर्धा हुनु जनताका लागि राम्रो भएपनि दैलेख सदरमुकाममा रहेको केही ब्यक्तिहरुबाट फोहोरी राजनितिले विकासमा विवाद ल्याएको क्षेत्र नम्वर २ (क) का सांसद सुसिल थापाले बताए ।

‘आखिर दुई ठाउँबाट गएपनि कालिकोटको नाग्मामा सडक पुग्छ ।’ सांसद थापाले भने, दुवै क्षेत्र विकास भएर सडक जाने हो । यसमा विवादको ठाउँ नै छैन् । केही ब्यक्तिहरु जनता उचाल्नका लागि लागेका छन् । जो राम्रो होईन् ।’