☰ open Loading... 23 December 2024|  

दुलही
  | २१ असार २०७५, बिहीबार २१:३५

भाग-१

बाहिर पानी दर्कि रहेको थियो । वातावरण उराठिलो थियो । क्याफे भित्र मानिसहरु खचाखच हुलिएका थिए । एक बगाल बाख्रा गोठ भित्र हुलिएको जसरी । सबैका अनुहार बाहिर दर्किरहेको मेघ जस्तै झन्झटिला थिए । केबल कुना पटि गधिवाल कुर्सिमा मुसुमुसु मुस्कुराई रहेको साउजि बाहेक । सायद मनमनै सोचिरहेको हुनुपर्छ ‘हे ! प्रभु,पानी कहिल्यै नरोकियोस ?’

त्यस बगाल माझ,एक म पनि महजुद थिए । उस्तै झन्झटिलो मेघको अनुहार लगाएर ।

उफ ! म कहा फसे यो मानिसहरुको मरुभुमिमा ? कस्तो उकुसमुकुस भएर आयो भित्रैबाट, बाहिर पानी रोकिने कुनै सुरसार थिएन । पानी परेको दुई घन्टा भैसकेको थियो । अब त रोकिनु पर्छ नि !  नौ बज्याे । रातीराती कसरि पुग्नु कोठा ?

मानिसहरुका शरिरका चेपचेपबाट पुताईरहेको ठसठस गन्ध मेरा नाकका पोरामा ठोकिदै भित्र नालामा रडदै पडदै उतैउतै पुग्थ्यो । धन्न ! उदोउमो भएको थिएन अहिलेसम्म । दिमाग चर्के पिङ्ग जसरि रिङन थाल्यो ।

लौ म त मरे नि बा !

बेलाबेला च्युडोमा हात राखेर निरास मनलाई शान्त पार्न बाहिर बर्सि रहेको पानी हेर्थे । पानीले बाफिएको सिसाको झ्यालले मेरो अनुहार देखाई दिन्थ्यो । कालै कालो बादल मडारिएको आकाश जस्तो धुम्म । झोक्राएर बाख्रे निदमा सुतिरहेको थिए म । हठात मेरो कानमा कुनै नारिको कण्ठ खुत्रुक्क पस्यो । आखा यसरी उग्रीए, जसरि कुखुराका चल्लाहरुका उग्रीन्छन् ।

 ‘हेलो ! सर’

उ मेरो अगाडि ठिङ्ग उभिएकि थिई । उसका र मेरा आँखा एक आपसमा ठोकिए ।

‘हेलो’ आफ्नो बिग्रेको हुलिया सपार्दै मैले भने । तर उसको हुलिया…..अरे उ त बेहुलीको पहिरनमा सझिसझाउ थिई । एक पनि श्रीङ्गार अनुहारबाट उत्रेको थिएन । मानौ उ बिहेको मण्डप बाटै भागेर कुदेकि थिई ।

‘के तपाई मलाई सानो सहयोग गर्न सक्नु हुन्छ ?’ दाया हातको माझी औला दातको बिचमा राख्दै भनी । सायद लजाएकि होली । लजाएको बेला प्राय केटीहरु यस्तै गर्छ्न ।

‘हजुर गर्छु तर मैले सक्ने चाहि हुनु पर्यो ?’ उसका उठदै बस्दै गरेका पोटिला स्थनमा हेर्दै भने । आङ सिरिङ्ग भयो । आफ्नै धुनमा हिडिरहेको बेला एक्कासि सर्प देखिदा त्यस बखत आङ सिरिङग भएको जसरी ।

‘मेरो जिन्दगिको सवाल छ, नाई भन्दैन भनेर कसम खानु पहिले अनि भन्छु ?’ उ पिलपिल भै । मलाई यस्तो लाग्यो भर्खरै चम्किरहेको चन्द्रमामा एकाएक ग्रहण लागेको छ । अब म कसरि खाउ कसम । चिन्दै नचिने केटी चिने की भए एक कुरा !

‘हुन्छ तर अप्ठ्यारोमा नपार्नु होला । कसम तोडिन पनि सक्छ ।’ फ्याट मुखबाट निस्कि हाल्यो । के मैले यो भनेर बेठिक गरे ?

उसको अनुहारमा सानो खुसिको झुल्को त उदायो तैपनि अगिकै रुन्चे बोलि फुट्यो ‘के तपाई मलाई केहि दिनको लागि सङ्गै बस्न दिनुहुन्छ ?

फेरि नकारात्मक नसोच्नु होला नि ! परिस्थिति नै यस्तै छ ।’ उसका घाँटीका नसा तनक्क तानिएका थिए । आँखा डरले राता भएका थिए । पसिनाका धर्का निधारबाट दुई तिर बग्दै थिए । एउटै मुलोबाटाे दुईतिर बगेका साना साना खोला जसरी मेरो सम्पुर्ण ध्यान उसको अनुहारमा रसाई रहेको भावमा केन्द्रित थियो । कतै झुट बोलेर मलाई फसाउन खोजेकि त होईन ?

‘यस हुलियाको राज, सायद मेरो अनुमान गलत हुन सक्छ ?’ चेक त गर्नुनै पर्यो ।

उ अहिलेसम्म पनि ठिङ्ग उभिए की थिई । उसालाई गाह्रो भएको अनुमान मैले सजिलै गरे । नजिकैको कुर्सि खालि देखे । अगी बसेको जुगावाल मोटे व्यक्ति सायद कतै गएको हुनुपर्छ । तान्दै बस्न आग्रह गरे ।

ओटमा मुस्कान सुस्तरी कुदाई । ओल्लो कुनादेखि पल्लो कुना नपुग्दै त्यो बिचमै हराई सकेको थियो । भुईमा लत्रिएकाे अाँचल उमोतिर तान्दै कुर्सिमा थ्याच्च बसी । अनि खुइय्या सुस्केरा तानी, सायद धेरै लामो बाटो कुदेर आएकी थिई ।

‘अनुमान गलत नहुन पनि सक्छ’ चञ्चलता एक्काशी उसका नयनमा देखा पर्यो ।

‘नजाँची सही वा गलत छुट्टाउन अलि नसुवाउला है ?’ उसका गुलाबी ओटमा आफ्ना ओट रगडेको जस्तो कल्पना गर्दै भने, सायद उसको ओठमा गुलाबका फुल विछाईएको थियो । कति गुलाबी !

‘नजाचेरै पनि कुनै अनुमान सहि वा गलत छुटाउन सकिदो रहेछ । यसलाई एउटा विचित्र मानविय गुण सम्झिनुहोस ।’ चञ्चलता नयनबाट झरेर अहिले उसका गुलाबि ओटमा चलमलाई रहेको थियो ।

‘के म यो बुझु कि तपाई बिहेबाट भागेर हिड्नु भएको हो ?’ त्यी रसिला ओठबाट आँखा अन्त सर्न मानेन । मानौ अन्त सर्न मनाही छ ।

‘एक स्त्री जो झकिझकाउ बिहेको ड्रेसमा तपाईको सामु बसेकी  छे, उसलाई सोध्नु हुन्छ बिहेबाट भागेकी तिमी ?

सबै कुरा सोधेर मात्र थाहा पाईदैन महाशय कुनै कुनै कुरा अनुमानले पनि थाहा पाउन सकिन्छ ।’ उसले महाशय शब्दलाई विशेष जोड दिएकी थिई । मानौ म उसको एकदम नजिकको व्यक्ति हु, र उ मलाई बर्षौदेखि चिन्दै आई रहेकी छे । भित्र कतै आनन्द मिश्रित काउकुतिको डढेलो लाग्यो ।

‘त्यसोभए सेतो ड्रेस लगाएकी महिलालाई म विधुवा सम्झु वा एकल महिला वा ब्रहमाकुमारी ?’ बुझि बुझि बुझ पचाउन औधि रमाईलो आउदो रहेछ । जाच्नु पनि त थियो नि उसको चेतनाको स्तर ।

‘सजिलो भाषामा: धर्मले लगाई दिएको कालो पट्टि सम्झिनु होस ।’ आहा ! कति सरल उतर, मनमा काउकुती यसरी लाग्यो जसरी केटीको गालामा म्वाँइ खादा लाग्छ ।

‘यति बौद्धिक व्यक्तिले पनि जीवनको सबैभन्दा ठुलो भुल कसरी गर्न पुगी होली ? म त सोच्दा सोच्दा हैरान भए । ठिक उसको नाईटोको खोपिल्टोमा आँखा सेकाउदै सोधे । आँखा सेकाउदा मात्र पनि कति चयन मिल्ने ? मानौ त्यो खोपिल्टो भित्र आनन्दको सागर छ ।

‘भुल मेरो थिएन, बा-आमाको पनि थिएन । त्यो केटाको पनि थिएन । केटाका बा-आमाको पनि थिएन । तर………………’ बोल्दा बोल्दै उ बिचमै अडि, मानौ उसको मुखमा ट्राफिक जाम भएको छ । र वाक्यहरु त्यस जाममा परेका छ्न् ।

‘तर के नि ?’ उसको मलिन अनुहारमा घोरिएर भने, उसले आफ्नो सिर भुई तिर जोतेकी थि । वातावरणमा एकाएक सन्नाटो यसरी छरियो, जसरी अप्रत्याशित घटना घटेको खबर सुन्दा छरिन्छ ।

उसको त्यो जवाफ सुन्र मेरा कान चमेराका कान जस्ता टाठा भए । मेरा आँखा क्रमस ठुलाठुला हुँदै गए । अनुहार रातो पिरो भयो ।हातका नसा गमक्क मोटाएका जस्ता भए । उ अझै बोलेकी थिईन । गर्मिले हो वा उसप्रतिको चिन्ताले हो, निधारबाट तरतरी पसिना बग्न थाले ।

‘मैले केहि सोधेको जस्तो लाग्यो है ? के त्यी वाक्य तिम्रा बहिरा कानमा परेनन वा मुखबाट बाहिर निस्किन मानेन ?’ रिसाएको भावमा अलिअलि प्रेम मिसाउदै सोधे ।

उसले पुलुक्क मतिर हेरी, हाम्रा आँखा कस्तो मज्जाले जुधे । उसका आँखाका चेपचेपमा आँशु रसाईरहेको थियो । आकाशे पानी पर्दा माटाका घरका कुनाकुना रसाएको जसरी । उसका छिपछिपे आँखाबाट निस्केको दृश्यको किरण क्रोधको वा पिडाको वा पछुतापको कदापि थिएन । बरु प्रेमको थियो । आँखामा आशु कर्णालीको बेगमा बगेको भए पनि ओटमा चाहि मुस्कान ट्रेन झै कुदिरहेको थियो ।

उसले तुरुन्त आफ्ना आँखा बाहिरतिर मोडी, सङ्गै मैले पनि आफ्ना आँखा बाहिर लगे । अनि मधुरो रातो बति बलिरहेको टावरमा अडाए । पानी त कतिखेर पो रोकि सकेको रहेछ । मन चङ्गा भयो । तन स्पुर्तिको पोखरीमा पौडि खेल्न थाल्यो । वातावरण सुन्दर बगैचा जस्तो लाग्न थाल्यो । आँखा यताउता डुलाएर उ तिरै ल्याउदै थिए । कतिखेर देखि पो उ मलाई घुरिरहेकि रहिछे । आँखामा लज्जावतिका झाडि उमृन थाले । भुईनै खोपिने गरि आँखा गाडे ।

‘घर हिडेर यतै आउछ कि तपाई हिड्नु पर्छ नि ?’ उसको व्याङ्गेले म झल्यास्स ब्युझिए । उ लालिगुराँस मुस्कुराए जस्तरी मुस्कुराई रहेकी थिई । उसको मुस्कानमा मुग्ध भएर झुल्न मन लाग्यो|तराईका फाटमा लह-लह झुलेका धानका बाला जसरी|

‘ह!’ उठेर कपडा टकटकाउदै मुस्कुराए ‘मै जानु पर्छ नि !’

दुबै जना क्याफे बाहिर निस्कियौ|रातले जडा फैलाई सकेको रहेछ|अब पर्यो फर्साद!जहासम्म नजर कुदाउन भ्याए,त्यहासम्म एउटा पनि अटो देखेन|सायद बाटो चिप्लो भएर होला चल्न नमानेका|म एक्लो त जसोतसो पुगिहाल्थे तर उसलाई कसरि लैजाउ त्यति टाढा|

कतै भेटि पो हाल्छ कि भनेर धेरै बेर यताउता,तलमाथि गरे | तर अटो भेटिएन । सम्पुर्ण शरिर नै कुजिएको जस्तो आभास हुन थाल्यो|चिसो हावा बहिरहेको थियो । बेलाबेलामा मेरो गाला र कान छुन आउथ्यो । आशलाई गुजुल्टाएर हिलाम्मे पानीले डम्म भरिएका खाल्डामा मिल्काई दिए । अनि उ भए तिर लसकलसक लम्किए ।

मेरो निराशपुर्ण अनुहार देखेर उसले सजिलै बुझि होलि सायद, र त उ केहि नभनि हिडन तम्सेकि थिई  । धेरै नै सुकुन मिल्दो रहेछ जब कसैले आफ्नो अनुहारको भाव सजिलै बुझिदिन्छ । दुबै चुपचाप हिडिरहेका थियौ ।

‘भागेर आएकी तिमीलाई अझै भगाउन पर्छ भनेर सबै कुलेलम ठोके जस्तो छ ।’ मौनतालाई तोड्दै संवाद सुचारु गर्ने अभिप्रायले भने ।

‘धन्र!तपाई चाहि भाग्नु भएको छैन ?’ यतिखेर चाहि उसले आफ्ना ओट बन्द राखेर अनुहार मात्र हसाएकि थिई । उसलाई यो हासो गजब सुवाएको थियो । मलाई यस्तो लाग्यो, धेरै मानिसहरुले त हास्न जानेकै छैनन् ।

‘तिमी भुत होर भाग्नलाई ?’ झिस्केको भावमा मैले भने ।

‘यदि रहेछु भनेनी ?’ एकाएक उसको अनुहारमा गम्भिरता फैलियो । मानौ यतैकतै कानका जडामा लुकेर बसेको थियो ।

मेरा खुट्टा ब्रेक लगाएर साईकल रोकिए झै घ्याच्च रोकिए । मुटुमा रगत जान बन्द होला जस्तो भयो । मनमा हिउको उच्चतम चिसो भन्दा बढि चिसो पस्यो । त्यसैले मेरो शरिर कुजिए जस्तो भयो । बिस्तारै थररर काम्न थाल्यो । रन्थनिएको बेला झै आखा जहापायो त्यहि ठोकिन थाले, र कानका लोति दसैँमा पिपलको रुखमा हालिएको पिङ जसरि मचिन थाले, चचहुई ।

एक त रातीको समय, त्यस माथि डर लाग्दा कुकुरका भुकभुक । मन त्यसैत्यसै डरले च्याच्या गरिरहेको हुन्छ । झन जसको भरोसामा हिडिरहेको छ उसले नै ‘म भुत हु’ भनेपछि शरिर त मर्छ मर्छ,आत्मा पनि मर्दो रहेछ । बर्खाका धमिला भल झै निधारबाट धमिला पसिना कुदन थाले । डरले म त पिलपिल !

सायद उसलाई मेरो अनुहारको भाव एकरति पनि मन परेन छ,खितितिति हासिदिई । के डराएको बेला सबैको अनुहार यस्तै हुदैन र ?

‘मेरो अनुहार कतै रङ्ग्मञ्चमा देखाईने नाटकको पात्रको जस्तो त भएको छैन ?’ सामान्य हुन खोज्दै उसलाई प्रस्न गरे ।

‘सोचेको थिएन, मानिस यतिसम्म पनि डर छेरुवा हुन सक्ला भनेर ?’ खित्का अझै रोकिएका थिएनन  ‘अझ बिशेस गरि केटा मान्छेहरु ?’

‘किन केटा मान्छेको मन हुदैन र ? अनि के डरले केटा र केटी भन्छ ?’ उसको अन्तिम प्रश्नले मेरो मनमा निकै घत परेको थियो ।तैपनि उसलाई भनेन् । आफै मनमनै चुकचुकाए । तर उसको पहिलो प्रश्नमा हाजिरि नगरि रहन सकेन ।

‘किन तिमी मान्छे होईनौ ?’

उ केहि बोलिन । अनुहारमा फेरि उहि गम्भिरताको बादल छायो । निराशले भरिएका नयन पानीले भिजेका सडकमा धौ धौ अडाई । धत ! बेकारमा उसको मोड धमेलि दिए । बिचरी कति पछि त हाँस्दै थिई आज, तुरुन्तै पछुतो भयो। तर माफि माग्ने हिम्मत नै कहाँ थियो र मसंग !

सुक्क सुक्क उ त रुन पो थाली । उसका गहभरि हासु थिए जब उसले चिप्ला सडकमा धौ धौ अडाएका नयन मेरो आखामा अडाई ।मुखभरि हर्षका रेखाहरु बाफिएका भट्टमासका कोसा जस्ता फतक्क गलेका थिए । मुस्कान फुल्ने ओटमा पिडा फुलेको थियो । बालक झै फर्याक फुरुक गर्ने नयनमा,रुखका ठुटा जस्ता गुम्सुक र वेदना उभिएका थिए । आँखा नै च्यातिने गरी, छि: मैले यो के गरे ?

उसको कुममा छुदै माफि माग्न के लागेको थिए, उसको सुरिलो नारी कण्ठ उत्तेजित भई हाल्यो ‘हो,तपाईले सहि भन्रुभयो म मान्छे होईन भनेर ।’ उसका गहबाट आँशु तपतप चुईन थाले ।

जसरि छानाबाट पानी चुईन्छ । उसले मसङ्ग आँखा जुदाउन सकिन र थ्याच्च सडक पेटिमा बसी उसको नाडीमा ट्ल्किरहेको खरानी कलरको घडिमा मेरा आखा परे । ‘११ बजेर ३५ मिनेट गएको थियो ।’

मलाई संसारको सबैभन्दा कठिन काम,रिसाएकी केटीलाई फकाउनु हो जस्तो लाग्छ । कमसेकम केटाकेटीहरु खानेकुराहरु ,खेलौनाहरु दिए त फकिन्छ्न । बुढाबुढीहरुलाई उनीहरुकै पक्षमा बोलिदिए मात्र पनि पलमै माया लाग्दा भैहाल्छ्न । तर रिसाएकी केटीमान्छेलाई फकाउने तन्त्र मन्त्र के होला कुन्री ? आखिर कुन चिज हुदो हो,जुन चिज दिदा बितिकै रिसाएकि केटिमान्छेहरुको रिस शान्त हुन्छ । र छिनमै उस्तै पहिलेकि चञ्चल केटी बन्छे ।

यिनीहरुको मन किन यतिधेरै अटेरी हुन्छ ? कुनै एक कुरामा भए भन्नु, हरेक सुक्ष्म कुराहरुदेखि ठुला र गम्भिर कुराहरुमा । आखिर भगवानले छुट्टै कुन रसायन घोलिदिएको छ यिनिहरुको मगज र मनमा । जुन हामि पुरुषमा घोलिएको छैन । यस्तो लाग्यो, भगवानबाट पक्षपात भएकै हो !

‘म आत्मा हो’ रुन्चे तर डरलाग्दो आवाज निस्कियो । छुल्ल कटुमा पिसाब फेरे । हात खुट्टा धामी कामे झै थरररर काम्न थाले । अनुहार त पिलपिल ।

उ पेटीमा घोप्टो परेर बसेकि थिई । उसको बाँधिएको कपाल फुकेको थियो । पोलमा बतिहरु झिमिक झिमिक भैरहेका थिए । कुकुरका भुकभुक, मिलाएर एकैचोटि बाजा बजेको जस्तो सुनिएको थियो । परपर हेरे, कुनै एक पसल खुल्ला थिएन। जाडोले कठ्यारिएका बेला दाह्रा कटकट भएको जसरी,डरले मेरा दात  कटकिन थाले । म कहा जाउ ?फसादमा परे ।

‘मजाक नगर न !’ धौ धौ शब्दहरु निस्किन माने ।

‘मलाई छुनु ?’ उ अझै घोप्टो परेकि थिई ।

डरले थनथिलो भैसकेको ममा हिम्मत आउन धेरैबेर लाग्यो । छोउ कि नछोउ ? अबेरसम्म दोधारमा अल्झिन मन लागेन । आँखा चिम्म गरे । मुटुलाई बलियो बनाए । जे पर्ला पर्ला, बिस्तारै हात उ भए तिर लगे ।

नजिक, अलि नजिक, धेरै नजिक लगे । च्वास्स हातले सिमेन्ट छोए जस्तो लाग्यो । चालै आँखाका ढकनी उगारे । उ मेरै अगाडि घोप्टो परि रहेकी थिई । मेरो दाईने हात उसलाई छेडेर पसलको भितामा पो ठोकिएको रहेछ। आकाश गड्याङ गुडुङको ढोल पिटन थाल्यो ।

म रन्थनिएर भुईमा ढलेछु । मेरो माथि पानी बर्सिए छ । बिहान उठदा सम्पुर्ण कपडा लुत्रुक्क भिजेको थियो । शरिर मन तातो थियो ।नाकबाट पातलो पदार्थ सललल बगिरहेको थियो । नालाबाट चिप्लो पदार्थ बगे जसरी ।

म कहा छु ? एकछिन यताउता टवाल्ल परेर हेरे । साईडमा एउटा बुढो मान्छेको तस्बिर थियो । हेहे ! त्यो त मेरो हजुरबुबाको तस्बिर थियो । धत ! म त आफ्नै कोठामा पो रहेछु ।

जुरुक्क उठे ।

कपडा लगाए ।

तर उ कहाँ गै फेरि कसले ल्यायो यहाँ मलाई ? म त बेहोस थिए । अरे उ त आत्मा थि ! हल्लिने गरि थररररर कामे ।

यो सोच्दा कि म रातभरि एक आत्मा सङ्ग थिए । डरले मन गुजमुटिएर आयो ।

क्रमश….