☰ open Loading... 16 November 2024|  

विकास निर्माणका काममा राजनिति नगराै‌ं : अर्थ मन्त्री ज्वाला
  | २२ असार २०७५, शुक्रबार १८:५४

बुद्धिमान पुन
सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनताका आबश्यकतालाई प्राथामिकतामा राखेर काम गर्न स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आईतबार सल्यानको छत्रेश्वरी गाउपालिकाको दास्रो बजेट अधिबेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चुनावको समयमा गरेका कुराहरुलाई भन्दा पनि जनताका आबश्यकतालाई प्राथामिकतामा राखेर काम गर्न सुझाव दिए । ‘चुनावको समयमा गरेका बाचाहरुलाई प्राथामिकता दिनु भन्दा पनि जनताका आबश्यकतालाई प्राथामिकता दिएर काम गर्नुहोस, अझै चार बर्ष स्थानिय सरकार चलाउने जिम्मेवारी तपाईहरुको काँधमा आएको छ’— उनले भने ।

‘तपाईहरु जनताको काम गर्ने भनेर निर्बाचित हुनु भएको हो’ उनले भने —‘खोली त¥यो, लौरो बिर्सियो, कहिल्यै नगर्नु ।’ उनले अबको समय भनेको बिकास र समृद्धिको समय भएको बताए । ‘यो समय बिकास र समृद्धिको समय हो, बिकास निर्माण गर्दा भेदभाब, आफ्नो पराई कहिल्यै नछुट्याउनुहोस, यो बेला बिकास निर्माणका काममा राजनिति गर्ने समय होईन’— उनले भने ।

सल्यान प्रदेश सभा ख का सदस्य समेत रहेका मन्त्री ज्वालाले बिकास निर्माणको लागी बजेट कम भयो भन्दा पनि भएको बजेटलाई सहि तरिकाले प्रयोग गर्न आग्रह गरे ।

उनले प्राथामिकताका आधारमा योजना छनोट गरेर काम गर्न पनि आग्रह गरे । ‘यहाँका महत्वपूर्ण र ठूला योजनाहरु छनोट गरेर प्रदेश सरकारमा पठाउनुहोस, ती योजनाहरुको क्रमागत रुपमा बिकास हुन्छ’— उनले भने । उनले सल्यानको बिकासका लागी आफु लागि परेको पनि बताए ।

गाउपालिका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उदय बोहरा, नेपाली काँग्रेसका डिल्लीराज रेग्मी लगाएतकाले बोलेका थिए ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष सिता केसीले गाउपालिकाले यस आर्थिक बर्षमा ल्याउन लागेको बजेटका बिषयमा जानकारी दिएकी थिईन् । वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर बुढाथोकीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले गरेका थिए ।