सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रदगरमा युवा सम्मेलन शुरु भएको छ । सम्वृद्ध नेपाल निर्माणकमा लागी स्वस्थ,कर्मठ, उद्ययमी युवा भन्ने मुलनाराका साथ शुक्रबारदेखी शुरुभएको युवा सम्मेलन दुईदिनसम्म चल्ने छ ।
छ वटा उदेश्य राखेर युवा सम्मेलनको आयोजना गरिएको आशासञ्जालका अध्यक्ष अमर वि.कले जानकारी दिएका छन् । सुर्खेतका नौ वटै स्थानिय तहका युवाहरुको एकै ठांउमा जमघट गराई अनुभव आदानप्रदान गर्ने, सम्मेलन पश्चात् युवाहरुले समाजबाट वालबीवाह,भ्रष्टचार जस्ता कुराहरु निर्मुल पार्ने, युवाहरुलाई सुचनाको हक सम्बन्धी अभीमुखीकरण गर्ने, युवाको घोषणापत्र जारी गर्ने, खुल्ला छलफल गर्ने र युवाको जिल्ला संयन्त्र तयार गर्ने उदेश्यले यो सम्मेलनको आयोजना गरिएको जानकारी अध्यक्ष वि.कले दिए ।
आशा सञ्जाल सुर्खेत र जिल्ला युवा समिती सुर्खेतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न दर्जन बढी संघ संस्थाहरुले समन्वय गरेका छन् । युवा सम्मेलनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री दल रावलले हरेक दृष्टिले पछिपरेको कर्णाली प्रदेशका युवाहरुले युवा नेतृत्वको विकास गर्न जरुरी भएका बताए ।
‘कर्णाली प्रदेशका युवाहरु आंफै जागरुक भएर युवा सम्मेलन गर्नुभएको छ । यो एकदमै स्रानिय छ । अझै यहांका युवाहरुले नेतृत्व विकास गर्न जरुरी छ’ मन्त्री रावलले भने ।
कर्णाली प्रदेशका युवाहरुको सहयोगको लागी सरकार संधै तयार रहेको मन्त्री रावलले प्रतिवद्धता जनाए । यो युवा सम्मेलनले समग्र कर्णाली प्रदेशमा हुने भ्रष्टचार, बालविवाह जस्ता जगन्य अपराध न्युनीकरण हुने विश्वास समेत रावलकाे छ ।
कार्यक्रममा बोल्दै युवापरिषद्क जिल्ला सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतपछिको नेतृत्व आजका युवाहरुले नै गर्ने भएकोले आजैदेखी युवाहरुलाई विभिन्न खालका प्रशिक्षण दिन जरुरी भएको बताएका छन् ।
जिल्ला स्तरीय युवा सम्मेलनमा सुर्खेतका ९ वटै स्थानिय तहका करिब १ सय ५० जना युवाहरु सहभागी भएका छन् । दुईदिन सम्म चल्ने युवा सम्मेलनमा प्रशिक्षक नरबहादुर कार्कीले प्रशिक्षण दिने छन् ।

