☰ open Loading... 17 November 2024|  

इन्जिनियरिङ्ग संकाय स्वायत्त बनाउन विश्वविद्यालय प्रशासन सहमत
  | २३ असार २०७५, शनिबार २२:३८

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायलाई स्वायत्त हुने भएको छ । पाँचौ दिनदेखी अनशनरत विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीविच शनिबार साँझदेखी जारी रहेको वार्तामा विद्यार्थीले राखेको ७ बुदे माग मध्य ६ बुदामा सहमति भएको हो ।


तर, इन्जिनियरिङ्ग संकायका विद्यार्थीले राखेको गोल्डेन चान्स परीक्षाको विषयमा भने सहमति हुन नसकेको अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए ।

‘शनिबार साँझदेखी शुरु भएको दुवै पक्षको वार्ता जारी रहेको छ’ अध्यक्ष शाहीले भने, ‘अन्य सबै बुदामा सहमति भयो तर गोल्डेन चँनस परीक्षाको विषयमा मात्रै सहमति हुन सकेको छैन् दुवै पक्ष वार्तामै छन् ।’ विश्वविद्यालय प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र आन्दोलनरत विद्यार्थीहरु वार्तामा बसिरहेका छन् ।

सात बुँदे माग राख्दै पाँच दिनदेखि आमरण अनसन बसेका रतनकुमार शर्मा र रोशन बस्नेतलाई अस्पतालको आइसियुमा राखिएको छ । दुवै पक्षविच सहमतिका लागि वार्ता जारी रहेपनि अनशनरत विद्यार्थीहरुले भने अनशन नतोडेको शाहीको भनाई छ ।

उनले सवै बुदामा सहमति भए अनशनरहत विद्यार्थीहरुले अनशन ताड्ने शाहीले जानकारी दिए । विद्यार्थीहरुले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनु पर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको व्यवस्था गर्न माग राख्दै विद्यार्थीहरु असार ५ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।