सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारी र इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुविच भएको वार्ता विन निष्कर्ष टुङ्गीएको छ । शनिबार अबेरसम्म बसेको वार्ता अन्तत विना निष्कर्षविहन बनेको हो ।
विद्यार्थीले उठाएका ७ बुदे माग मध्य ६ बुदामा शुरूमा सहमति भएपनि अन्तिममा पदाधिकारीहरूकाे हठका कारण वार्ता विना निष्कर्ष सकिएकाे सघर्ष समितिका सदस्य निकुञ्ज पाण्डेले जानकारी दिए ।
‘शुरूमा इन्जिनियरिङ्ग संकायलाइ स्वायत्त बनाउन पदाधिकाकरी सहमत थिए’ पाण्डेले भने, ‘अरू सवै मागप्रति सहमती भएर गोल्डेन चान्स परीक्षाको विषयमा सहमति खाजिएरहेकाे बेला पदाधिकरीकाे हठका कारण वार्ता सफल हुन सकेन ।’
विश्वविद्यालय प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र आन्दोलनरत विद्यार्थीहरु वार्तामा बसेकाे थियाे । सात बुँदे माग राख्दै पाँच दिनदेखि आमरण अनसन बसेका रतनकुमार शर्मा र रोशन बस्नेतलाई अस्पतालको आइसियुमा राखिएको छ । मिलन विसीले भने विश्वविद्यालय परिसरमै अनशनमा बसेका छन् । दुवै पक्षविच सहमति नभएपछि लागि विद्यार्थीहरुले थप अान्दाेलनका कार्यक्रम घाेषणा गरेका छन् ।
आईतबारदेखी ९९ जना विद्यार्थीहरुले विश्वविद्यालयको विस्तारित भवन भोक हडताल शुरु गरेका छन् । वार्ता टाेलीमा सहभागी भएका निकुञ्ज पाण्डे, राजन केसी, खडानन्द तिवारी, न्युटन वली, बलराम काफ्ने रामचन्द्र भण्डारी, धर्मराज पान्धी, सत्य शाही र सरद न्यौपानेले भोक हडताल शुरू गरेका हुन् । माग पूरा नहुँदासम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरु विच छलफल जारी रहेको पाण्डेले बताए ।
विद्यार्थीहरुले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनु पर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको व्यवस्था गर्न माग राखेका छन् ।
विभिन्न दवावमुलक कार्यक्रम गर्दापनि विश्वविद्यालय पदाधिकारीहरुले सुुनुवाई नगरेपछि असार ५ गतेबाट विद्यार्थीहरुले अनशन थालेका थिए ।