☰ open Loading... 18 November 2024|  

विश्वविद्यालयमा एमफीलको शुभारम्भ
  | २५ असार २०७५, सोमबार २१:१४

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय एक कार्यक्रमको आयोजना गरेर दर्शनाचार्य (एमफील) को शुभारम्भ गरेको छ । व्यवस्थापन संकायले सोमबार एक कार्यक्रमको आयोजना गरेर एमफीलको शुभारम्भ गरेको जानकारी दिएकाे हाे ।


कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावतले प्रदेशको आर्थिक, सामाजिक, शैक्षिक लगायतका विभिन्न सूचकांकका आधारमा पछि परेको तथ्य उजागर गर्दै अहिले भौतिक विकास भन्दा मानसिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

प्रदेशमा उच्च शिक्षाको ढोका खोल्न विभागीय मन्त्रीका हिसाबले सरकारकातर्फबाट गर्नुपर्ने पहलमा कुनै कसर बाँकी नराख्ने बताए । मप विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यो कार्यक्रमका माध्यमबाट ऐतिहासिक फड्को मारेको दावी गरे ।

यही क्षेत्रले गौरव गर्न लायक जनशक्ति उत्पादन गर्न एमफील कार्यक्रम सहयोगी सिद्ध हुनेमा उनको विश्वास छ । कार्यक्रममा विषय विज्ञ प्रा.डा.प्रेमराज पन्तले एमफील पढ्ने,पढाउने भन्दा पनि स्वअध्ययनको विषय भएकाले स्वखोज, अनुसन्धानमा लाग्न तथा आफ्नो ज्ञान, सीप एवं अनुभवलाई आदानप्रदान गर्न सुझाव दिए ।

तर वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारकातर्फबाट मानव संशाधनको बृहत्तर विकासका लागि विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्ल, विभिन्न सङ्कायका डीन, निर्देशक, क्याम्पस प्रमुख, विद्यार्थी लगायको सहभागीता थियो ।