Loading... 22 July 2018|   आइतवार, साउन ६, २०७५

चतुरे चाेक जाँदै गरेकाे अटाे र माेटरसाइकल ठाेक्किदा तीन घाइते

  |

पञ्चपुरी (सुर्खेत) । पश्चिम सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा अटाे रिक्सा र माेटरसाइकल ठाेक्किदा तीन जना घाइते भएका छन् ।  पञ्चपुरी नगरपालिका-५  मा माेटरसाईकल र अटाे रिक्सा एक अापसमा ठाेक्किँदा प्रहरीसहित तीन जना घाइते भएका हुन् ।

तस्वीर पत्रकार जगददल जनला विक ।

बाबियाचाैर बजारदेखि चतुरे चाेक जाँदै गरेकाे भे १ ह २२५० नम्बर अटाे रिक्सा र बिपरित दिशाबाट अाइरहेकाे भे ३ प ४०७० नम्बरको माेटरसाईकल बिहिबार दिउसाे ठाेक्कीएका थिए ।

दुर्घटनामा घाइते हुनेहरुमा पञ्चपुरी नगरपालिका ५ का करिस्मा केशी, पञ्चपुरी ४ का पर्शुराम बि.क. र बझाङ घर भई ईलाका प्रहरी कार्यालय बाबियाचाैरमा कार्यरत प्रहरी जवान अाकाश बाेहरा छन् ।

उनीहरूकाे बावियाचाैरमा सामान्य उपाचारपछि थप उपचार्थ क्षेत्रीय अस्पताल कालागाउँ लगिएकाे छ । पछिल्लो समय पञ्चपुरी नगरपालिकामा अटाे रिक्सा दुर्घटना बढ्दै गएका छ ।

प्रकाशित मितिः बिहिबार, असार २८, २०७५     10:05:00 PM
error: Content is protected !!