☰ open Loading... 20 November 2024|  

किसानलाई बाँडिएका कुखुरा मरे
  | ३ श्रावण २०७५, बिहीबार ०८:२५

दैलेख, नारायण नगरपालिका पशु शाखाबाट किसानहरुका लागि अनुदानमा ल्याईएका कुखुराका चल्लाहरु मरेका छन् । पशु शाखाले किसानहरुलाई वितरण गर्न ल्याएको २ हजार चल्ला एकै पटक मरेका हुन् ।


३ दिनभित्र २ हजार चल्ला मरेपछि किसानहरु चिन्तित भएका हुन् । नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले चल्ला मरेपछि विक्रि गर्नेलाई सम्पर्क गरी किन चल्ला मरे परिक्षण भए नभएको खोजी गरिरहेको बताए । łकुखुराका चल्ला परिक्षणदेखी डाक्टरको रिर्पोटसम्म मागेका छौं । प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भने, ठुलो मात्रामा कुखुरा मरेपछि किसानहरुको गुनासो आएको छ । कार्की कोल्टी भैरव सप्तायर्स बुटवल –६ नेपालगंज रोडबाट चल्ला खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

‘चल्ला जिल्लामा ल्याए लगत्तै पानी परेको र चिसोका कारण चल्लाहरु मरेको हुनसक्ने अनुमान पशु सेवा कार्यालयले गरेको नारायण नगरपालिका पशु शाखाका प्रमुख बलबहादुर थापाले बताए । प्रति चल्ला १ सय ६० रुपैँया परेको र किसानहरुलाई १ सय ५० रुपैँयामा वितरण गरिएको शाखा प्रमुख थापाले बताए । नगरपालिकाले चल्ला ल्याउदा अनुदान दिएको थियो । ३० हजार रुपैँया भाडाँ खर्चमा अनुदान दिएको उनले बताए । ४ हप्ताका चल्लाहरु झिकाईएको पशु शाखाले जनायो । ł३ लाख २७ हजारका कुखुरा मरे ।’

उनले भने, चिसोका कारण मरेको हुनसक्ने अनुमान पशु प्राविधिकहरुले गरेका छन् । किसानहरुको खर्चमा ल्याईएको चल्लाहरु मरेपछि सवै किसानहरुलाई अनुरोध गरिएको उनले बताए । दैलेखमा कुखुराका चल्ला मरेपछि किसानहरुमा मासु ब्यवसायहरु चिन्तित भएका छन् ।