☰ open Loading... 24 February 2025|  

लागू औषधसहित दुई पक्राउ
  | ५ श्रावण २०७५, शनिबार १६:२१

नेपालगन्ज – नेपाल भारत सिमाना जमुनाह नाकाबाट प्रहरीले दैलेखका दुई जना युवालाई लागू औधष नाइट्रोजन ट्याब्लेटसहित पक्राउ गरेको छ। दैलेख नारायण नगरपालिका–९, का १८ वर्षीय विकाश रावल र ढुंगेश्वर गाउँपालिका–१, का १९ वर्षीय प्रकाश विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

नियमित चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी जीवन थापाले जानकारी दिए। उक्त औषधि नेपालमा प्रतिबन्ध गरिएको छ। भारतीय बजार रुपैँडियाबाट उक्त औषधि कम्मरमा च्यापेर ल्याउँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ। उनीहरुलाई लागू औषध ऐन अनुसार मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ।

नागरिकबाट