☰ open Loading... 19 April 2024|  

कर्णालीमै पहिलो पटक यातायात कर देउती नागरिकद्वारा भुक्तानी
  | ५ श्रावण २०७५, शनिबार १८:५१

सर्खुेत । कर्णाली प्रदेशमै पहिलाे पटक व्यवसायीहरुले नै तिर्दै आएको यातायात कर देउती नागरिक यातायात प्रा.लि.ले भुक्तानी गर्ने भएको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रा.लि.ले व्यवसायीहरुलाई ढुक्कले व्यवसाय गर्न सरकारलाई बुझाउँदै आएको यातायात कर भुक्तानी गर्न लागेको हो ।


प्रा.लि.मा आवद्ध ५६ ओटा गाडीहरुको ८ लाख १२ हजार यातायात कर भुक्तानी गर्न लागेको अध्यक्ष कमल खड्का ‘जुनी’ले जानकारी दिए । ‘व्यवसायीहरुबाट रकम अशुल्ने भाव नभई उनीहरुबाट संकलित रकम उनीहरुकै हितमा खर्च गर्ने संस्कारको थालनी हामीले अवलम्बन गरेका हौं’ खड्काले भने ।

उनका अनुसार प्रति गाडीले १४ हजार पाँच सय वार्षिक यातायात कर तिर्नुपर्छ । ‘प्रा.लि. को उदेश्य मुनाफामात्रै कमाउनु होइन्’ अध्यक्ष खड्काले थपे, ‘प्रा.लि.मा आवद्ध व्यवसायीहरुको हितमा काम गर्न र उनीहरुलाई हौसला दिन यातायात कर तिर्न लागेको हौं ।’

प्रा.लि.ले गत वर्षदेखी नै विमा रकम पनि भुक्तानी गर्दै आएको छ । प्रति गाडी ६७ हजार विमा रकम प्रा.लि.ले नै भुक्तानी गरेको सचिव रमेश खड्काले बताए ।

निकट भविष्यमै केन्द्रीय राजधानीसम्म जोड्न यात्रुमैत्री सुविधा सम्पन्न बसहरु सञ्चालन गर्ने सोचमा रहेको सचिव खड्काले जानकारी दिए । १५४ जनालाई रोजगारी दिएको देउती नागरिकसंग ३८ लाख रकम मौज्दात छ । प्रा.लि.को आम्दानीको स्रोत दैनिक टिप शुल्क सातसय र नयाँ गाडी प्रवेश शुल्क ५१ हजार रहेको सचिब खड्काले उल्लेख छ ।