सुर्खेत । देश संघीय संरचनामा रुपान्तरण भए स्वरुप वन कार्यालयको पनि विभाजन भएको छ । सुर्खेतमा रहेको जिल्ला वन कार्यालयलाई दुई भागमा विभाजन गर्नेगरी प्रस्ताव खाका तयार पारिएको हो ।
वन संगठन संरचना स्वीकृतको क्रममा रहेकोले स्वीकृतपछि कार्यान्वयन गर्नुपर्ने भएको प्रस्तावित जिल्ला वन कार्यालय सुर्खेतलार्इ वन विभागको चलानी नम्बर ५८८ रहेको २०७५ असार २८ गतेको पत्र पठाएको थियो ।
सोही अनुसार कार्यालयले सुर्खेतमा डिभिजन र सव डिभिजन कार्यालयहरुको मुकाम तथा कार्यक्षेत्र तोकेर पत्र विभागमा पठाइएको जिल्ला वन कार्यालय सुर्खेतका अधिकृत हेमराज विष्टले जानकारी दिए ।
प्रस्तावित गरिएको कार्यालयमा सुर्खेत वन डिभिजन कार्यालय वीरेन्द्रनगर र भेरी वन डिभिजन कार्यालय पञ्चपुरी नगरपालिकाको बावियाचौरमा रहनेछ ।
सुर्खेत अन्तगत वीरेन्द्रनगर, दशरथपुर, छिन्चु, गुर्भाकोट, सिम्ता र चिङ्गाड सव डिभिजन कार्यालयहरु रहनेछ । यस्तै भेरी अन्तरगत लेखगाउँ, बराहताल, बड्डीचौर, चौकुने र वेतान कर्णाली सभ डिभिजन कार्यालयहरु रहने प्रस्ताव गरिएको छ ।