सुर्खेत । सुर्खेतकै प्राचिन एवम् धार्मिक स्थल शिव मन्दीरमा धार्मिक शिव महामहोत्सव शुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका–९ स्थित लाटीकोइलीमा रहेको शिव मन्दीरमा धार्मिक शिव महामहोत्सव शुरु भएको हो ।
पातालगंगादेखि गणेशको पुजा गरेर जल शिव मन्दिर लगिएको थियो । लाटीकोईलीको सत्यनारायण मन्दिर हुँदै स्थानिय मंगलगढी चौकदेखि बजार परिक्रमा गरेर शिब मन्दिरमा गई कलश यात्रा निकालिएको थियो ।
महामहोत्सवको कर्णाली प्रदेश प्रमुख दर्गाकेशर खनालले उद्घाटन गरेका छन् । जिल्लाका थुप्रै पर्यटकिय र धार्मिक स्थालहरुको चर्चा गरेका प्रदेश प्रमुख खनालले यस्ता स्थलहरुको उचित सम्भार हुन नसक्दा जीर्ण र लोभ हुँदै गएकोमा चिन्ता व्यक्त गरे । शिव मन्दीरमा महामहोसत्वको आयोजना हुनुले यसको उचित संरक्षणमा ध्यान दिएकोमा खनालले प्रशसा गरे ।
वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले पर्यटकिय र धार्मिक बिभाग आफ्नो मन्त्रालय अन्तर्गत परेकोले प्रदेशको यस्ता स्थलहरुको मर्मत सम्भारमा विशेष ध्यान दिने जानकारी दिए ।
विगतमा संरक्षण नहुँदा यस्ता चर्चित स्थलहरु ओझेलमा परेको बताएका बुढाले यस्ता स्थानहरुको मर्मत र सम्भारका लागि मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको उल्लेख गरे । शिव मन्दिरको विकास लागि मन्त्रालयबाट थप सहयोग गर्ने वचन दिए ।
शिव महामहोत्सव मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले महामहोत्सव साउन १७ गते सम्म संचालन हुन जानकारी गराए । कार्यक्रममा मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर, वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदी, सशस्त्र प्रहरी नायब निरिक्षक देबेन्दबहादुर सिंह, वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मानन्धर, समाजसेविहरु डम्बर बिक्रम जि.सी, नारायणकुमार कोईराला, गणेशबहादुर वली लगायतले शिव महामहोत्सवको सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
महामहोत्सवमा के के गरिदै छ
महामहोसत्व प्रचार–प्रसार समितिका संयोजक मिलन श्रेष्ठका अनुसार श्री नारायण न्यौपानेले महामहोसत्वमा कथा वाचन गर्नेछन् । हरेक दिन विहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर, पाठ परायण, १० बजेदेखि ४ बजेसम्म कथा प्रवचन तथा बिभिन्न धार्मिक झाँकीहरु प्रदर्शन गरिनेछ । यस्तै, साँझ ७ बजेदेखि राती १० बजेसम्म भजन कृतन समेत हुने श्रेष्ठले बताए ।