☰ open Loading... 20 April 2024|  

सीम्तामा जीप दुर्घटना नाै यात्रु घाइते
  | ८ श्रावण २०७५, मंगलवार १७:४०

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ६ गजौडा नजिकै जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७७२ नम्बरको सनराइज यातायातको जिप म‌ंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा कुसे गाउँपालिका ५ जाजरकोटकी ३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका ६ की २५ वर्षीया हरिकला रोकाय, सोही ठाउँका २७ वर्षीय मिनप्रसाद महतारा, उनका छोरा २ वर्षीय आयुस महतरा, ४ वर्षीया छोरी मानवी महतरा रहेकाछन् ।

त्यस्तै सल्यान कुमाख गाउँपालिका ५ की ५५ वर्षीया विष्णुकुमारी शाही, सोही ठाउँकी पूजा वुढाथोकी र राप्ती सोनारी गाउँपालिका २ बाँकेका दीपक सेन पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते ३ जनालाई जनबन्धु पोलि क्लिनिकमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयक सई कवी सेञ्चुरीले जानकारी दिए ।

तीव्र गतिमा रहेको जिप व्रेक फेल भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले जनाएको छ । जिपचालक बाँके कोहलपुरका बिवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे पिपलले जनाएको छ ।