☰ open Loading... 19 April 2024|  

कांग्रेस सुर्खेतले सरकारको जनविरोधी शैली विरुद्ध अान्दाेलन गर्ने
  | १३ श्रावण २०७५, आईतवार ११:२२

सुर्खेत । नेपाली कांग्रेसले वर्तमान सरकारको जनविरोधी शैली तथा अधिनायकवादविरुद्ध यही साउन १५ गते सवै जिल्लामा विरोध कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सुर्खेत लगायत ७७ जिल्लामा जिल्ला कार्यसमितिले विरोध कार्यक्रम गर्ने भएको हो ।

सो विरोध कार्यक्रमलाई सफल र व्यवस्थित गराउनका लागि शुक्रवार नेपाली कांग्रेस सुर्खेतमा बैठक बसेको छ । पार्टी सभापति कमलराज रेग्मीको सभापतित्वमा बसेको बैठकमा साउन १५ गते हुने कार्यक्रमलाई भव्य बनाउनका लागि गाउँ, नगर, क्षेत्रीय समिति, भातृ तथा शुभेच्छुक संगठनहरुलाई सहभागी हुन आव्हान गरिएको छ । साउन १५ गते दिउँसो १ बजे मंगलगढीदेखि र्यालीकाे अायाेजना गरिने छ ।

विरोध कार्यक्रमलाई व्यवस्थित गराउनका लागि तीन वटा उपसमितिसमेत गठन गरिएको छ । गोपालकृष्ण गिरीको संयोजकत्वमा र्याली व्यवस्थापन उपसमिति गठन गरिएको छ भने तरुण दलको संयोजकत्वमा प्लेकार्ड, झण्डा, स्वयंसेवक व्यवस्थापन र नेविसंघको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।