☰ open Loading... 24 February 2025|  

यस्ताे छ चलचित्र एकदिनकाे गीत चरी बस्याे डालीमा….(भिडियाे)
  | १४ श्रावण २०७५, सोमबार २०:०७

सुर्खेत । चलचित्र एक दिनमा समावेश गीत चरी बस्याे डालीमा बाेलकाे गीत सार्वजनिक भएकाे छ । श्रीनाथ फिल्मसको व्यानरमा निर्माण भइरहेकाे चलचित्र एक दिनको चरी बस्यो डालीमा बोलको गीत बुढासुब्बा म्युजिक प्रा.लि. मार्फत सार्वजनिक भएकाे हाे ।

बरिष्ठ कलाकार प्रेमदेव गिरीकाे शब्द तथा संकलनमा रहेकाे चरी बस्याे गीतमा स्वर मनु मन्दिरले दिएकी छन् । तीजपछि सार्वजनिक हुने चलचित्रमा तीजकाे झल्काे दिने गीत समावेश गरिएकाे चलचित्रका निर्देशक निर्मल प्याकुरेल बताउँछन् । उनका अनुसार गीतमा वीरेन्द्रनगर अासपासका ठाउँहरूकाे वर्णन गरिएकाे छ ।

गीतकाे नृत्य निर्देशन रमेश शाही ठकुरी छ भने निर्देशन चन्द्र मन्दिरले गरेका छन् । गीतमा  रेणु शर्माको मुख्य भूमिका छ । शर्मा पेशाले डक्टर पनि हुन् ।

गीतकाे छायांकन भने सुर्खेतकाे गोठिकाँडामा गरिएको छ चलचित्रमा प्रेमदेव गिरी, गणेशभक्त गौतम, याम नारायण आचार्य, प्रेम शर्मा, खम्बराज गिरी, प्रकाश पौडेल, चिन्तामणि कंडेल, दिपेन्द्र वली, खुमलाल न्यौपाने, सिता आचार्य, सविता राणा, प्रेम हमाल, रोशन भट्राई, धर्म नेपाली, टिकाराम रावल लगायतको अभिनय छ ।

चलचित्रको ९० प्रतिशत छायाँकन सकिएकाले केही दिनमा सम्पादन कार्य सुरु गरिने चलचित्रका नायक तथा निर्माता प्रेम शर्माले जानकारी दिए ।