सुर्खेत। वीरेन्द्रनगरको पिपिरा चौक नजिकै मोटरसाईकल दुर्घटनाहुँदा अवरुद्ध सडक सुचारु भएको छ । पिपिरा चौकदेखी पश्चिम खोला नजिकैको सडकका खाल्डामा पानी जमेर मोटरसाईकल दुर्घटना भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
स्थानीयहरुले तत्काल खाल्डा पुर्नुपर्ने माग राख्दै रत्न राजमार्गको धुलियाविट–मंगलगढी चौक सडक खण्ड अवरुद्ध गरेका थिए । खाल्डाका कारण मंगलबार दिउसो भे ३ प ३७८२ नम्बरको मोटरसाइलमा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार विजय चौधरी र खगेन्द्र चौधरी गम्भीर घाइते छन् । उनीहरुको माया नर्सिङ हाेममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सडकमा ठूला खाल्डाले दुर्घटना निम्त्याएको भन्दै पिपिरामा एक घण्टादेखी स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले खाल्डाको निगरानी गर्ने र भोलीसम्ममा खाल्डा पुर्ने सहमति गरेर सडक खुलाएको छ । वीरेन्द्रनगर भित्रको रत्न राजमार्गमा पर्ने फोरलेन सडकका अधिकाँश स्थानमा ठूला खाल्डाका दुर्घटना हुने गरेको छ ।
तस्वीर साैजन्य : अकबर खान र कपिल खड्का