दैलेख । नेपाल अटो मेकानिक्स ट्रेड युनियन नारायण नगरपालिकाको नयाँ कमिटी गठन गरिएको छ । युनियनको प्रथम अधिवेशनले अशोक रानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मनोज थापा, सचिवमा भिमबहादुर बस्नेत, सह–सचिवमा भरतराज पुरी र कोषध्यक्षमा लोकप्रसाद कोइराला छन् । यस्तै, सदस्यहरुमा अटल केसी, रविन्द्र थापा, नविन रानामगर र वीरेन्द्र खड्का छन् । १५ सदस्यी कमिटीमा थप ६ जनालाई नयाँ कमिटीले मनोनित गर्नेछ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल अटो मेकानिक्सका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर नेगीले सम्पूर्ण मजदुरहरु एक हुन आह्वान गरेका थिए ।
मजदुरका हकहितमा काम गर्न नयाँ कमिटी गठन गरेकाले आगामी दिनमा नरायण नगरपालिका भित्रका मजुदरहरुको हितमा कटिवद्ध रहन आग्रह गरे ।
नरायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले मजदुरमैत्री नीति बनाउने र मजुदरहरुलाई राज्यका नीतिमा रहेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स कर्णालीका सदस्य तोरण विक, घरेलु कार्यालय दैलेखका बरिष्ठ अधिकृत परशुराम आचार्य लगायतको उपस्थिती थियो ।