☰ open Loading... 25 February 2025|  

यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान, सतर्कता अपनाउन अाग्रह
  | १६ श्रावण २०७५, बुधबार ११:१५

सुर्खेत । जल तथा माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजिनक गर्दै नागरिकलार्इ सतर्कता अपनाउन अाग्रह गरेकाे छ । महाशाखाले विज्ञप्ती जारी गर्दै देशभर नै बदली रहेकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेकाले नागरिकहरुलार्इ सतर्कता अपनाउन अाग्रह गरेकाे हाे ।

 

अागामी तीन दिनकाे माैसम यस्ताे रहनेछ ।

श्रावण १६ गते (बुधबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बुधबार दिउँसको तथा रातको समयमा देशको एक-दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

श्रावण १७ गते (विहिबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिबार रातको समयमा मध्य र पश्चिमि क्षेत्रका एक-दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

श्रावण १८ गते (शुक्रवार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। रातको समयमा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।