☰ open Loading... 18 November 2024|  

पञ्चायतपछि पहिलो योजना
  | १६ श्रावण २०७५, बुधबार १५:१७

दैलेख, दैलेख–सुर्खेत सडक खण्डको माथिल्लो डुंगेश्वर वजार नजिकै समथल भुभाग । चारैतिर खेतवारी र विचमा झुमुक्क परेको घरहरु । गाउँमुनी अविरल बगेको छ कन्चन लोहोरे खोला । सानो तर चिटिक्क गाउँ । साल्तडा गाउँ, जहा १६ घरपरिवार ठकुरी समुदायको वस्ती छ ।
दैलेख आउने हुन या सुर्खेत जाने जो हुन् यो बाटो हिड्नेले गाउँ कति सुन्दर खोलाका किनारमा गाउँ भन्छन् । १६ घरधुरी रहेको साल्तडा सरकारी विकासदेखी धेरै टाढा छ । उनीहरु तरकारीदेखी अन्नको विउ तयार पार्छन् र बेच्छन् । आफै पैसा संकलन गरेर विकासमा सहभागी हुन्छन् ।
त्यो प्रयाप्तता छैन् । पंञ्चायतपछि स्थानीय तह विभाजनले पहिलो पटक योजना ल्याएपछि साल्तडाका स्थानीयहरुमा खुसीको सिमा छैन् । गाउँ नजिक सडक भएपनि गाउँमा अहिलेसम्म सडक पुगेको छैन् । बत्ति गाउँभएर गाएपनि गाउँमा बत्ति छैन् । गाउँ नजिकबाट खोला बगेर गएपनि सिचाई खानेपानी उपलब्धता नभएको खाल्तडामा पहिलो पटक खानेपानी तथा सिचाई पाएपछि उनीहरुमा सरकारको प्रत्याभुति पाएको अनुभुति गरेका छन् ।
अहिलेसम्म राज्यको आखाँ नपरेको त्यस गाउमा पहिलो पटक स्थानिय सरकारको आंखा पुगेपछि थोरै बजेटले नमुना काम सम्पन्न गरिएको छ । गुरांस गाउपालिका – ४ मा रहेको साल्तडा गाउका जनताले पहिलो पटक यस वर्ष सरकारी योजना पाएपछि नमुनाको रुपमा सम्पन्न गरेका हुन् ।
विगतदेखि नै सरकारी योजनावाट ओझेलमा पर्दै आएको त्यस गाउमा पहिलो योजना पनि आर्थिक वर्षको अन्तिमतिर संचालन गरीएको हो । साल्तडाबासीले छोटो समयमा नमुना काम गरेर देखाउनु भएको गुरासँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशविक्रम शाहले बताए । गाउँपालिकाले अर्को गाउका लागि सिचाई योजना संचालन गर्न छुट्याएको ५ लाख रकममा खानेपानी सहित सिचाई बनाएका हुन् । łजसलाई विकास दिएर प्रत्याभुती हुन्छ त्यहाँ अव गाउँपालिकाले योजना बनाएर काम गर्छ । प्रमुख प्रशासकिय अधिकृत शाहले भने, साल्तडाजस्ता गाउँमा सरकारी योजनाले धेरै परिवर्तन गर्न सक्छ । त्यसैले अवको विकास जनताका आवश्यकता र मागअनुसार हुनेछ । रकम कम भएपनि उनीहरुले गाउँलेले तिर्नेगरि बढी रकम खर्चेर योजना बनाएका अध्यक्ष लोकबहादुर शाहीले बताए । विगतमा नजिकैको डुंगेश्वर खोलावाट वोकेर ल्याएको पानीलाई सिचाई र खानेपानीको रुपमा प्रयोग गर्दै आईरहेका साल्तडाका स्थानीयहरु अहिले पाईपबाट घरघरमा पानी लगेर प्रयोग गरिरहेका छन् । गाउँको विच भागमा पानी संकलन ट्यांकी पनि निर्माण गरेका छन् । उपभोक्ता समितीका अध्यक्ष लोकवहादुर शाहीले गाउँमा पञ्चायतपछि पहिलो पटक सरकारी योजनालाई घर घरवाट श्रमदान गरी राम्रो योजना बनाईएको बताउँछन् ।
वस्तीमा योजनाको रकमवाट ८ सय ५० मिटर पाईप लाईनवाट पानी ल्याएर आपुर्ति गरेको अध्यक्ष शाहीले बताए । गुरांस गाउपालिकाका ईन्जिनियर सरोज दाहालले साल्तडाका उपभोक्ताले योजनाको रकमभन्दा दोव्वर कार्य सम्पन्न गरेको पाईएको र योजना सम्पन्न मात्र नभई अरु योजनाको तुलनामा धेरै राम्रो र नमुना रहेको बताए ।